प्रथम भीसी बिजेता कुलबीर थापाको सालिक निर्माणार्थ बेलायतमा नेपाली समुदायद्वारा चेक हस्तान्तरण

ओमप्रसाद थापा –

फान्ब्रो, स्थानीय रशमोर ब्रो काउन्सिलको प्रांगणमा ग्रेटर रशमोर नेपाली कम्युनिटिको बिशेष प्रोजेक्ट प्रथम भीसी बिजेता हवल्दार कुलबीर थापाको सालिक निर्माणार्थ आर्थिक सहयोग जुट्ने क्रम जारी छ।

बिभिन्न व्यक्ति तथा समुदायले भिसी थापाको सालिक निर्माणको लागि आर्थिक सहयोग उपलव्ध गराएका छन्।

प्रथम भीसी कुलवीर थापा

सान्ध्रश्ट नेपाली कम्युनिटीबाट अध्यक्ष रामकुमार लिम्बुले £१०५१, गोर्खा जिल्ला गुरुङ समाज अध्यक्ष फडकजित गुरुङ्, महसचिव मान गुरुङ £१००१, मगर संघ रश्मोर शाखा अध्यक्ष हेमा राना, कोषाध्यक्ष गणेश बुढाथोकी, सचिव बीर बलाल £११०० अनि इन्टेक १९८६ अध्यक्ष मेजर योगेश राईले £१९८६ चेक प्रोजेक्ट संयोजक मेजर खिम गौचन र जीआरएनसी अध्यक्ष रामधन राईलाई संयुक्त रुपमा हस्तान्तरण गरेका छन्।

यस ऐतिहासिक प्रोजेक्टको लागि १२५ जति संघ संस्था एवं व्यक्तिबाट £१००० को सहयोग लिने अपेक्षा गरिएकोमा सहयोगी हातहरुको व्यापक दबाब रहेकोले हाललाई १४० जनाको मात्र सहयोग लिइ शालिकको आकार बढाउनुको साथै स्तरीय बेशको निर्माण गर्ने निर्णय भएको प्रोजेक्ट प्रवक्ता ओम थापाले जानाकारी दिए।

कार्यक्रममा जि एम पि टिम, जि आर एन सि सदस्यलगायत शेष कुमारी पल्ली समेतको सहभागिता रहेको थियो। विधमान कोरोना भाइरसको प्रकोप एवं सरकारको नीतिलाई मध्य नजर गर्दै सामाजिक दूरीलाई बिशेष ध्यान दिइएको थियो।





Comments

comments

37617