अपडेटः कोरोनाबाट हङकङमा थप ३ जनाको मृत्यु…

नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित भएको देश

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, ११ अगष्ट। कोविड १९ (कोरोना) संक्रमणका कारण हङकङमा मंगलवार तीन जनाको मृत्यु भएको छ।

यससंगै हङकङमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५८ पुगेको छ।

युनाइटेड क्रिश्चियन अस्पतालमा कोरोना संक्रमणको पुष्टि भएका ८७ वर्षीयाको महिलाको १२:५८ बजे र पामेला यूड नेदरसोल इस्टर्न अस्पतालमा कोरोना संक्रमणको पुष्टि भएका ८० वर्षीय पुरुषको १:२० बजे मृत्यु भएको अस्पताल अथोरिटीले जनाएको छ।

यसअघि, चुन क्वान ओ अस्पतालका प्रवक्ताले कोरोना संक्रमणको पुष्टि भएका ७९ वर्षीय पुरुषको मंगलवार विहान ११:१९ बजे मृत्यु भएको जानकारी दिएका थिए। रुघा खोकीले विरामी भएपछि उनलाई २७ जुलाईमा अस्पतालमा भर्ना गरिएको थियो।

फाइल फोटो
हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

38008