फ्रोजन मासुले कोरोना फैलाएको चीनको आशंका

एजेन्सी, २९ कात्तिक । चीनले कोरोना भाइरस फैलन नदिन कडा नीति लागू गर्दै आएको छ। सीमामा कडाई देखि नाकामा क्वारेन्टाइनमा निकै चेकजाँच गर्दै आएको छ।

कडा नीति कार्यान्वयन गर्नुको बाबजुद चीनमा कोरोना भाइरस अझै देखिन छाडेको छ। यसलाई दृष्टिगत गरी चीनले विभिन्न अनुसन्धान अगाडि बढाएको छ । यस क्रममा फ्रोजन मासुका कारण पनि कोरोना संक्रमण फैलिएको आशंका गरिएको छ । चीनले औपचारिक रुपमै फ्रोजन मासु र खानेकुरामाथि कोरोना संक्रमणको कारण भएको आशंका गरेको हो।

फाइल फोटो

यसै हप्ता चीनको सरुवा रोग विशेषज्ञ वु जुनयुले फ्रोजन समुन्द्री खाना र मासुका उत्पादनले कोरोना भाइरस फैलाएको तथ्यहरु भेटिएको बताएका छन्। चीनले फ्रोजन मासुको उत्पादनहरुमा कोरोना भाइरसको संक्रमणबारे धेरै अघि अनुसन्धान गर्दै आएको थियो। उसले इक्वेडर, रुस, नर्वे, इन्डोनेसिया, ब्राजिललगायत देशहरुबाट फ्रोजन मासुका उत्पादनहरु आयात गर्दै आएको छ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

39262