देशैभरका कुखुरामा रानिखेत रोगको प्रकोप

देशैभरका कुखुरामा यति बेला रानिखेत रोगको प्रकोप बढिरहेको छ । रोगले कुखुरापालक किसानलाई हालसम्म केकति क्षति भयो भन्ने बारेमा यकिन तथ्यांक भने आउन सकेको छैन।

काठमाडौंको तारकेश्वर नगरपालिकामा किसानले पालेका हाँस र टर्कीमा बर्ड फ्लू रोगको संक्रमण पुष्टि भएपछि पशुसेवा विभागले देशैभरि व्यापक रूपमा गरेको नमूना परीक्षणका क्रममा रानिखेत रोगको संक्रमण देखिएको हो । आफ्ना मातहतका पाँचओटै प्रयोगशालामार्फत गरेको नमूना परीक्षणमा रानिखेत रोगको संक्रमण अन्य रोगभन्दा बढी देखिएको विभागका सूचना अधिकारी डा चन्द्र ढकालले आर्थिक अभियान दैनिकलाई बताए।

उनका अनुसार संक्रमण यसरी व्यापक रूपमा फैलनुका कारण यकिन भइसकेको छैन । ‘यो हाम्रो प्रकृतिमा एक स्थापित रोगजस्तै हो, यो वर्षैभरि रहिरहन्छ । तर, अहिले जसरी व्यापक रूपमा संक्रमण देखिएको छ यो भने असामान्य तरीकाले देखिएको छ,’ उनले भने।

फाइल फोटो

यो भाइरसका माध्यमबाट सर्ने रोग भएकाले किसानले कुखुरामा रोग देखिनुअगावै भ्याक्सिन लगाएमा रोग आफै नियन्त्रण हुन्छ । तर, कतिपय स्थानमा भ्याक्सिन लगाएका कुखुरामा समेत रोग पुष्टि भएकाले भाइरसको क्षमता परिवर्तन भएको अथवा भाइरसले भ्याक्सिनलाई जितेको हुन सक्ने अनुमान पशुसेवा विभागकोे रहेको छ । विभागले देशैभरका विभिन्न स्थानमा रानिखेतले व्यापक रूप लिएको बताएको छ।

तिनै तहका सरकारबीच समन्वयको अभाव भएकाले हालसम्म यसको संक्रमणबाट केकति क्षति भयो भन्ने बारे यकिन तथ्यांक आउन नसकेको आजको आर्थिक अभियान दैनिकमा खवर छ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

40898