दक्षिणपूर्व क्षेत्रीय तमुधिं लण्डनको साधारण सभा सम्पन्न

सुमलकुमार गुरूङ / एचकेनेपाल डट –
लण्डन। दिनांक ८ फरवरी २०१५ को दिन प्लमस्टिड, लण्डनस्थित सेसीको सभाकक्षामा दक्षिणपूर्व क्षेत्रीय तमुधिं लण्डनको छैंठौ कार्यकारी समितिको पहिलो साधारण सभा अध्यक्ष श्रीचन्द्र गुरुङको अध्यक्षतमा सम्पन्न भएको छ।

कार्यक्रमलाई समाजका महासचिव सुमन गुरुङले सञ्चालन गरेका थिए। अध्यक्ष श्रीचन्द्र गुरुङले तयार पारिएको एजेण्डा तथा विविध विवरणहरुको सम्प्रेषण पावरप्वाईन्टको माध्यमबाट गरिएको थियो। साधारण सभालाई प्रारम्भ गर्नुअघि समाजका उपाध्यक्ष हिराप्रसाद गुरुङका आमा केहिदिन अघिमात्र दिवंगत भएको दुःखद घडीलाई स्मरण गर्दै उनको आत्मा शान्तिका लागि २ मिनट मौन धाराण गरेर श्रद्धाञ्जलि अर्पण गरिएको थियो।

दिनको साढे २ बजेबाट शुरु भएको साधारण सभा बेलुकी साढे छ बजे समापन भएको थियो। साधारण सभाले वर्षभरीको कार्यक्रमहरुबारे तिथि निर्धारण तथा प्रत्येक कार्यक्रमका लागि संयोजक र उपसमितिको गठन गरेको थियो। दक्षिणपूर्व लण्डन क्षेत्रका सबै संघसंस्थाहरुसंग हातेमालो गरेर नेपालीहरुको पहिचान, संस्कार र परम्परा जगेर्न गर्ने यावत महत्वपूर्ण विषयहरुमा छलफल भएको थियो।

साधारण सभाले महत्वपूर्ण विषयहरुमा निर्णय गरेको थियो। समाजको कोषवृद्धि, समाजले पारम्परिक हिसाबमा गर्दै आएको वर्षेनी कार्यक्रमहरु, सामाजिक सञ्जालका लागि वेबसाईट, समाजको मुखपत्र प्रकाशन सम्बन्धि विषयहरुमा छलफल गरिएको थियो। अन्तमा प्रत्येक उपस्थित व्यक्तिहरुको राय लिएर समाजका अध्यक्षले सभालाई समापन गरेका थिए। दुईदर्जनभन्दा बढि सदस्यहरुको सहभागिता रहेको साधारण सभाले आगामी दिनहरुमा समाजले सञ्चालन गरिने कार्यक्रमहरु उपर एकदमै सकारात्मक छलफल गरेको थियो।





Comments

comments

4229