बोल्दा बोल्दै यसरी भावुक भए जापानी मन्त्री

काठमाडौं, नेपाल पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलनमा जापानी विदेश राज्यमन्त्री मिनोरू किउचीले बोल्दा नेपालीको हृदय छोएका थिए। चार वर्षअघि जापानमा आएको भूकम्पका बेला २० हजार नागरिकले जीवन गुमाएको प्रसंग जोड्दै उनले सुनाए, ‘त्यो बेला जापानीले नेपालीबाट प्राप्त ५ हजार कम्बल बाँडेका थिए।’

उनले सभालाई थप भावुक बनाउँदै भने, ‘जापानमै बसेका नेपालीले विपतमा परेको क्षेत्रमा गई तरकारी बनाएर खुवाएका थिए। त्यसकारण नेपालमा गएको पछिल्लो भूकम्पसँग जापानको विशेष भावना र ऐक्यबद्धता जोडिएको छ।’

नेपाललाई सहयोग गर्न जापानभरि सहयोग अभियान चलेको उल्लेख गर्दै राज्यमन्त्री किउचीले संसारभरि रहेका नेपाली दूतावासमध्ये जापानमा सबैभन्दा बढी सहयोग जुटेको बताए। उनले आफ्नो निर्वाचन क्षेत्र हामामात्सु क्षेत्रका बासिन्दासमेत सहयोगका निम्ति इच्छुक भएको जानकारी दिए।

‘आज मैले जापानी नागरिकको न्यानो माया बोकेर आएको छु,’ उनले भने। नागरिक दैनिकमा समाचार छ।

सम्मेलनमा भाग लिन आएका उनले बुधबार भूकम्प प्रभावित क्षेत्रमा घुमेपछि स्थानीयले त्यसको पुनःस्थापनाका लागि व्यक्त गरेको सशक्त चाहनालाई महसुस गरेको बताए। उनले यसको पुनःस्थापनाका निम्ति काम गर्ने इच्छा दोहोर्याकएका थिए।

नेपालको असल मित्रका रूपमा जापानले सहयोग गरिरहने विश्वास व्यक्त गर्दै उनले भने, ‘म ढुक्क छु भविश्यमा नेपाल झनै सुन्दर, झनै गतिशील र झनै सशक्त हुनेछ। जापानले नेपाललाई त्यो दिन नआउञ्जेल सहयोग गरिरहनेछ।’





Comments

comments

Leave a Reply

7184