Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

लण्डनमा लुटपाट गर्ने लुटेराको सूचीमा नेपाली पनि

लन्डनमा व्यापक खोजी गरिएका कुख्यात लुटेराहरुको सूचीमा नेपाली पनि परेका छन्। स्कटल्याण्ड यार्डले सोमबार सार्वजनिक गरेको एक दर्जन लुटेराहरुको सूचीमा २६ वर्षीय नेपाली सुमन श्रेष्ठ परेका हुन्।

बेलायती अखवार गार्डियनले जनाए अनुसार, सुमनले लन्डन हन्स्लोमा तीनवटा लुटपाट गरेको र सन् २०१० को सेप्टेम्बरदेखि नोभेम्बरभित्र दुई लुटपाट प्रयास गरेको आरोपमा खोजी गरिएका छन्। स्टकल्याण्ड यार्डले थालेको एन्टी बरग्लरी अपरेसन बम्बल बी अन्तर्गत व्यापक खोजिएका दर्जन लुटेरा आरोपीको तस्विर सार्वजनिक गरेको खबर कान्तिपुर दैनिकमा छ।





Comments

comments

Leave a Reply

10131