Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

१ घन्टाभित्रै १० करोड धरौटी बुझाएर रिहा भए वन्त

पूर्वसशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्तले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हिरासतमा नबस्न सोमबार १० करोड रुपैयाँ धरौटी बुझाएका छन्।

बयान नसकिएकाले उनलाई हिरासतमा राख्ने निर्णय अख्तियारले गरेपछि उनले एक घन्टाभित्रै १० करोड बैंक ग्यारेन्टी बुझाएका थिए।

सिटिजन्स बैंक इन्टरनेशनललाई ग्यारेन्टी राखेर वन्त साँझ ७ः३० बजे अख्तियारबाट बाहिरिएका थिए। अख्तियारले भ्रष्टाचार आरोपमा निलम्बन गरिएका सशस्त्र प्रहरी महानिरीक्षक वन्तसँग धरौती माग्ने निर्णय गरेको थियो।

प्रमुख आयुक्त लोकमान सिंह कार्कीसहित बसेको सात सदस्यीय आयोगको बैठकले छानबिन प्रयोजनका लागि वन्तसँग धरौटी माग गर्ने निर्णय गरेको खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ।





Comments

comments

Leave a Reply

10134