विग आईकनमा १ सय १२ जना दोस्रो राउण्डका लागि छनौट

एचकेनेपाल डट कम संवाददाता –
पोखरा, ७ पुस। छैठौँ विग आईकन अन्तरगत पहिलो चरणको अडिसन राउण्ड मंगलबार सकिएको छ। तीन दिनसम्म चलेको अडिसनबाट १ सय १२ जना गायन प्रतिभाहरु दोस्रो राउण्डको अडिसनका लागि छनौट भएका छन्। तीन दिनसम्म भएको पहिलो चरणको अडिसनमा ४२ जिल्लाका ९ सय ३ जना प्रतिस्र्धीहरुले सहभागिता जनाएका थिए।

‘बाक्लो सहभागिताका बीच पनि हामीले तीन दिनमा पहिलो चरणको अडिसन सकाएका छौं ।’ विग एफएमका कार्यक्रम संयोजक संजोग बस्यालले भने–‘चुस्त र दुरुस्त व्यवस्थापनसँगै निर्णायकहरुको सक्रियताले गर्दा पहिलो चरणको अडिसन तीन दिनमै सकाउन सक्यौँ ।’ दोस्रो चरणको अडिसन पुस ११ गते शनिबार हुने एफएमले जनाएको छ। अडिसन न्यूरोडस्थित स्काई टच रेस्टुरेन्ट एण्ड लाउन्ज बारमा बिहान ९ बजेदेखि हुनेछ।

यो पटक विग आईकनको अडिसनमा पाँच जना निर्णायकहरुले प्रतिभा छनौट गरिरहेका छन् । यद्यपी पहिलो चरणको अडिसनमा भने श्यामसुङ तामाङ, सुनील थापा र विनोद बाँनियाले प्रतिभाहरु छनौट गरेका थि । दोस्रो चरणको अडिसनपछि गायकद्वय कर्णदास र विवेक श्रेष्ठ निर्णायकको भुमिकामा आउने एफएमले जनाएको छ। प्रतियोगितामा उत्कृष्ट १० प्रतिभा छनौटका लागि निर्णायकहरुको शतप्रतिशत अधिकार रहनेछ।

‘यो पटक प्रतिस्पर्धा निकै कडा हुने देखिएको छ ।’ निर्णायक श्यामसुङ तामाङले भने–‘पहिलो चरणको अडिसनमै हामीले निकै संभावना बोकेका प्रतिभाहरु मात्रै छनौट गरेका छौँ ।’ दुई महिनासम्म चल्ने विग आईकनको यो सिजनमा कुल १९ चरणसम्म अडिसन राउण्ड चल्नेछ।

छैठौँ सँस्करणको विग आईकनको विजेताले उपाधिसँगै १ लाख ७५ हजार रुपैयाँ बराबरको हिरो ड्यास स्कुटर र बेलायतको साँगीतिक यात्रा पुरस्कार स्वरुप पाउने एफएमले बताएको छ। त्यस्तै प्रतियोगितामा दोस्रो हुनेले ७५ हजार र तेस्रो हुने प्रतिस्पर्धीले ५० हजार रुपैयाँ बराबरको पुरस्कार प्राप्त गर्नेछन्।





Comments

comments

Leave a Reply

10141