Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
तमु धिं नेपालमा प्र ल्होछार कार्यक्रम शुरु – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका
Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

तमु धिं नेपालमा प्र ल्होछार कार्यक्रम शुरु

हुम तमु / एचकेनेपाल डट कम –
पोखरा, ७ पुस। तमुहरुको नयाँ वर्ष तथा महान पर्व ल्होछार तमु धिं नेपालले विविध कार्यक्रम गरी धुमधामका साथ मनाउन मंगलवारदेखि शुरु गरेको छ।

प्र(बाँदर) वर्ग आगमनको उपलक्ष्यमा शुरु गरिएको ल्होछार कार्यक्रम अन्र्तगत मंगलबारबाट शुरु भएको अन्तर तमु समाज तमु धिं नेपाल कप भलिवल प्रतियोगितामा बाँझापाटन तमु समाज र तमु सहयोग समिति पार्दी क्वाटर फाइनलमा प्रवेश गरेको छ।

प्रतियोगिताको उद्घाटन खेलमा दुधपोखरी तमु समाजलाई सोझो सेटमा हराउदै बाँझापाटन तमु समाज क्वाटरफाइनमा प्रवेश गरेको हो भने तमु सहयोग समिति पार्दीले सुर्यमुखी तमु समाजलाई पराजित गर्दै क्वाटर फाइनलमा स्थान पक्का गरेको हो।

उद्घाटन खेलमा बाँझापाटनले दुधपोखरीलाई २५—८ र २५—११ अंक र पार्दीले सुर्यमुखीलाई २५—१८, २२—२५ र २५—१५ अंकले पराजित गरेको हो।

यस अघि प्रतियोगिताको प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषदका सदस्य फत्तबहादुर गुरुङले रेफ्री घडीबहादुर गुरुङ बल हस्तान्तरण गर्दै उद्घाटन गर्नुभएको थियो । प्रतियोगिताको उद्घाटन गर्नु हुदै गुरुङले ल्होछारको अवसरमा तमु युवामा रहेको खेल प्रतिभालाई प्रस्तुत गर्ने अवसर तमु धिं नेपालले प्रतियोगिता मार्फत प्रदान गरेकोमा धन्यवाद दिनुहुदै तमु धिंले आयोजना गर्ने खेलकुद कार्यक्रममा राखेपले सधै साथ सहयोग गर्ने बताउनुभयो । तमु धिं लगायतका तमु संघ संस्थाद्धारा आयोजित खेलकुद प्रतियोगिता मार्फत नै तमु युवाहरुले नेपाली राष्ट्रिय टिमको नेतृत्व गर्ने भूमिका प्राप्त गरेको र राष्ट्रिय अन्र्तराष्ट्रिय प्रतियोगिताहरुबाट पदक दिलाएको बताउनुभयो।

कार्यक्रमको अध्यक्षता गर्नु भएकी तमु धिं नेपालकी अध्यक्ष कर्म तमुले भलिवल प्रतियोगितालाई निरन्तरता दिदै तमु युवाहरुलाई अवसर प्रदान गर्ने बताउनुभयो।

तमु धिं नेपाल खेलकुद उपसमिति संयोजक तथा प्रतियोगिता संयोजक तेजबहादुर गुरुङले स्वागत गर्नुहुदै प्रतियोगिताको उद्धेश्यबारे चर्चा गर्नुभएको थियो भने कार्यक्रम तमु धिं नेपालकी सहकोषाध्यक्ष सरस्वती गुरुङले संचालन गर्नुभएको थियो।

प्रतियोगित शुरु हुनु अघि रेफ्रीको तर्फबाट घडीबहादुर गुरुङ र खेलाडीको तर्फबाट दुधपोखरी तमु समाज ननबहादुर गुरुङले सपथ ग्रहण गर्नुभएको थियो । कार्यक्रममा हिमाली साँस्कृतिक परिवारका कलाकारहरुले स्वागत नृत्य प्रस्तुत गरेका थिए।

प्रतियोगिता अन्र्तगत बुधवार ७ खेल हुने भएको छ । बुधवारको बिहान ८ बजे चारभञ्ज्याङ तमु समाज र सोपाल तमु समाज विच हुने भएको छ भने दोश्रो खेल आँधीखोला तमु समाज र कोल्माबहाकोट तमु समाज, तेश्रो खेल शान्तिरुपा बराहथोक र जोगीमणी तमु समाज, चौथो खेल याङ्जाकोट र बाझापाटन तमु समाज, तमु सहयोग समिति पार्दी र तमु विद्यार्थी समिति विच हुने आयोजकले जनाएको छ।

१३ वटा तमु समाजको सहभागीता रहेको र तमु धिं नेपालले पहिलो पटक आयोजना गरेको प्रतियोगितामा प्रथम हुने टिमले उपाधिसहित २५ हजार नगद, कप, मेडल र प्रमाणपत्र, द्धितियले २० हजार, कप, मेडल र प्रमाणपत्र, तेश्रो हुनेले १५ हजार, कप, मेडल र प्रमाणपत्र, अनुशासित टिमले ५ हजार र सर्वोत्कृष्ठ खेलाडीले ५ हजार रुपैया सहितको पुरस्कार प्राप्त गर्ने संयोजक तेजबहादुर गुरुङले जानकारी दिनुभयो।





Comments

comments

Leave a Reply

10139