Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

उद्योगबाटै ग्यास ‘लुट्छन्’ सिडिओ

भारतीय नाकाबन्दीबीच छिटपुट नेपाल छिरेको खाना पकाउने एलपी ग्यास स्थानीय प्रशासन र प्रहरीकै मिलेमतोमा चरम कालोबजारी भइरहेको भेटिएको छ।

राजधानी भित्रने प्रमुख नाका जिल्ला चितवन र धादिङ जिल्ला प्रशासन कार्यालयले यसरी आएका ग्यास उद्योगबाटै ‘लुट्न’ थालेको खुलासा भएको हो।

राजधानीलाई प्रमुख बजार बनाउँदै ग्यास बिक्री गरिरहेका करिब एक दर्जन ग्यास कम्पनीले ल्याएका ग्यास ती दुई जिल्लाका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखको ठाडो आदेशमा रिफिल सेन्टरबाटै लुट्न थालिएको खबर नागरिक दैनिकमा प्रकाशित छ।

‘चितवन र धादिङ सिडिओ कार्यालयले प्रत्येक साता ८ सय सिलिन्डर नदिए ग्यास काठमाडौँ लानै नदिने भनेका छन्, असुरक्षाका कारण आफ्नो नाम उल्लेख नगर्ने सर्तमा एक उद्योगीले भने,‘एउटा उद्योगबाट ८ सयका दरले सिडिओलाई किन ग्यास चाहियो?’

उद्योगीका अनुसार हाल श्रीकृष्ण, साइबाबा, बाबा, नारायणी, ओम, एभरेस्ट, सुगम, राजधानी, श्रीराम, भानुलगायत ग्यास उद्योग चितवन र धादिङमा छन्।





Comments

comments

Leave a Reply

10147