Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

मदिराले मात्तिएपछि साथीको हत्‍या…

काठमाडौं: सोलखुम्बुका अम्बरप्रसाद खतिवडा र गोरखा थलाजुङका युवराज गुरुङ सँगै मिल्ने साथी। पेसाले ज्यामी काम गर्ने उनीहरूबीच कुनै मनमुटाव थिएन।

गत असोज २८ गते खतिवडा सदाझंै काम सकेर गोंगबुस्थित कोठामा आए। उक्त दिन आफू र गुरुङले काम गरेको ज्याला एक हजार दुई सय रुपैयाँ बोकेर कोठामा आएका खतिवडा मदिरा सेवनका लागि कोठाबाट निस्किए।

लागूऔषध सेवनकर्तासमेत रहेका उनले कोठाबाट निस्केर गणतन्त्रचोक नजिकै रहेको मेडिकलमा पुगी लागूऔषध ओपिडल, स्पासम, एबिल र कफ स्याप डी चक्की खरिद गरेर सेवन गरे। उनलाई त्यतिले पनि नपुगेपछि भट्टीमा आलुचनासँगै एक गिलास लोकल मदिरा पिए। केही समय बाहिर निस्किएर पुनः भट्टीमा छिरेर मदिरा सेवन गरे।

लागूऔषध र अत्यधिक मदिरा सेवन गरेर हिँडेका खतिवडाको टोखास्थित महादेवटारमा साथी गुरुङसँग भेट भयो। आफ्नो ज्यालासमेत लिएका खतिवडालाई गुरुङले ज्याला मागे।

ठेकेदार रेशम कार्कीले दिएको ज्यालाका विषयमा वादविवाद गर्दै जाँदा हात हालाहाल भएपछि खतिवडाले गुरुङको टाउकोमा ढुंगा प्रहार गरेर कोठामा आई सुते। मदिरा र लागूऔषधको नशामा रहेका खतिवडाले साथी गुरुङ ढुंगाले प्रहार गर्दा मर्छ भन्ने सोचका थिएनन्।

कोठामा पुगेर भाग्ने योजना बनाएका खतिवडाले पुनः ठेकेदार कार्कीसँग हजार रुपैयाँ मागे।असोज २९ गते बिहानै साढे ६ बजेतिर मृतक गुरुङका भाइ मिलन खतिवडाको कोठामा गई दाजु युवराज गुरुङ दुईतीन दिनदेखि कोठा नआएको बताए।

खतिवडाले आफू जोगिने मनसायले मिलनसँगै युवराजको खोजीमा जुटे। तर २८ गते नै टोखामा घाइते अवस्थामा भेटिएका गुरुङको उपचारका क्रममा २९ गते त्रिवि शिक्षण अस्पतालमा मृत्यु भइसकेको थियो।

महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालका अनुसार मदिरा र लागूऔषध सेवनबाट नशामा उत्रिएका खतिवडाले गुरुङमाथि ढुंगा प्रहार गर्दा मृत्यु भएको हो। महाशाखाले लामो अनुसन्धानपछि पुस ९ गते खतिवडालाई पक्राउ गरेको खबर अन्नपूर्णपोस्ट दैनिकले छापेको छ।





Comments

comments

Leave a Reply

10237