Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

कहाँ गयो साढे ४ लाख सिलिन्डर ग्यास?

आधा सिलिन्डर ग्यासका लागि महिनौँ पालो कुर्दा पनि नपाएका सर्वसाधारण दिनहुँ ग्यासका बुलेट भित्रिएको समाचार सुनैरै चित्त बुझाउन बाध्य छन्। अघोषित नाकाबन्दीका कारण सामान्य अवस्थामा अस्तै ग्यास आउन नसकेपनि १२ दिनमा मात्रै १ सय ७७ बुलेट ग्यास भित्रिए पनि ती ग्यास कहाँ गए र कसले ग्यास पायो भन्नेबारे उपभोक्ता अन्योलमा छन्।

गत १ पुसयता भारतवाट ४ लाख ४२ हजार ५ सय सिलिन्डर पुग्ने १ सय ७७ बुलेट ग्यास नेपाल भित्रिएका छन्। सो अबधिमा भित्रिएका ग्यासमध्ये ५० प्रतिशत ग्यास उपत्यकामा मात्रै आएको छ।

तर उपत्यकाबासी भने ग्यास नपाएर निकै सास्ती खेपिरहेका छन्। यसअबधिमा भित्रिएको ग्यास ७ दशमलब १ केजीका दरले वितरण गर्दा ४ लाख ४२ हजार ५ सय उपभोक्तालाई पुग्छ। तर अधिकांश उपभोक्ताले अझैपनि ग्यास पाउन सकेका छैनन्। आजको राजधानी दैनिकमा खबर छ।





Comments

comments

Leave a Reply

10235