Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

चिसोले दोलखामा २४ भूकम्पपीडितको मृत्यु

अत्यधिक चिसोका कारण कठ्याँग्रिएर दोलखाका १५ गाविसमा १३ महिलासहित २९ जना भूकम्पपीडितको मृत्यु भएको छ। मंसिर दोस्रो सातायता बढेको चिसोका कारण धेरैको ज्यान गएको हो। मृत्यु हुनेमा अधिकांश वृद्धवृद्धा छन् भने केही युवाको मृत्यु भएको छ।

चिसोले कठ्यांग्रिएर मृत्यु भएका दोलखा नाम्दु गाविस खनियाचौरका ४८ वर्षीय केशव घिमिरेका १० वर्षे छोरा र श्रीमती किरियापुत्री बस्दै ।

उनीहरुमध्ये ३० वर्षमुनिका दुई जना छन् भने बाँकी ५० वर्षभन्दा माथिको उमेर समूहका छन्। उनीहरु सबै भूकम्पले घर भत्किएपछि जस्ताको टहरामा बस्दै आएका थिए। दीर्घरोगी, दमगायत श्वासप्रश्वाससम्बन्धी समस्या भएका बिरामी तथा चिसोका कारण ज्वरो, रुघाखोकी र निमोनियाका धेरै बिरामीको ज्यान गएको हो।

सुन्द्रावती गाविसमा चार, फस्कु मागापौवा र सुनखानीमा तीन-तीन, खोपाचागु, झुले, भुसाफेदा र बाबरेमा दुइ-दुइ तथा लाकुरीडाँडा, ताम्चेल दूधपोखरी र हावा गाविसमा एक-एक जनाको मृत्यु भएको खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।





Comments

comments

Leave a Reply

10249