Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

हामी उठ्नेछौं कला प्रदर्शनी

एचकेनेपाल डट कम संवाददाता –
काठमाडौं, बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा ‘हामी उठ्नेछौं’ शीर्षकमा बुधबारबाट सामूहिक चित्रकला प्रदर्शनी बुधवार सुरु भएको छ।

नेपाली चलचित्रका महानायक राजेश हमालले हामी उठ्ने छौं को पोष्टर अनावरण गरी चित्रकला प्रदर्शनीको उद्घाटन गरेका हुन्। प्रर्दशनी आगामी पुस १९ गतेसम्म चल्नेछ।

उद्घाटन कार्यक्रममा बोल्दै हमालले चित्रकलामा आफूलाई रुचि भएमा जीवनमा संगीत र चित्रकला दुईवटा कुरा सिक्न नसकेको सुनाए। ललितकला अध्ययनरत विद्यार्थीहरुले चित्रकलालाई उठाउने प्रयास सहहनीय रहेको बताउंदै खुशी ब्यक्त गरे। उक्त कार्यक्रममा फ्रान्सका पूर्व राजदूत मोहनकृष्ण श्रेष्ठ, निर्देशक सम्झना उप्रेती, अभिनेत्री शिल्पा पोखरेल लगायतको उपस्थिती थियो। प्रर्दशनीमा हमालले नायिका शिल्पा लगायत सहभागी कलाकारहरुलाई केक खुवाउंदा वातावरण रमाइलो बनेको थियो।

त्रिभुवन विश्वविद्यालय अन्तर्गत स्नातकोत्तर दोस्रो सेमेस्टर अध्ययनरत कलाकार विद्यार्थीहरूले गरेको हामी उठ्ने छौं सामूहिक कला प्रदर्शनीमा भुफान लिम्बू, विकास श्रेष्ठ, विकुकुमार थापा, दीपक मेहता, दीपाञ्जली राजभण्डारी, ध्रुवराज शर्मा, जया शर्मा, जेनी घले, जुजुकाजी श्रेष्ठ, लक्ष्मी मगर, मन गुरुङ, ओम गुरुङ, प्रमिला लामा, प्रमोदकुमार तण्डुकार, ऋतु थापा, शोभा तिवारी, सुदेशा श्रेष्ठ, उमा खड्का तथा उपकार घमालले बनाएका ७० वटाभन्दा बढी चित्र राखिएका छन्। प्रदर्शनी पुस १९ गतेसम्म चल्नेछ।

भूकम्पपछि हङकङबाटै सुरु भएको अभियान ‘हामी उठ्नेछौं’ वी विल राईज फाउण्डेसनका रुपमा दर्ता भएको छ। विभिन्न सामाजिक कृयाकलापमा सकृय यस अभियानले गत अक्टुबर १ मा हङकङ नेपलिज् तेक्वान्दो एसोसियसनको आयोजनामा बृहत सांस्कृतिक कार्यक्रमको आयोजना गरेको थियो।





Comments

comments

Leave a Reply

10313