Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

सञ्चारकर्मी टीका थापामाथि भएको आक्रमणको घोर भत्सर्ना

एचकेनेपाल डट कम संवाददाता –
पोखरा १६ पुस। रेडियो बाराहीका प्राविधिक शाखामा कार्यरत सञ्चारकर्मी टीका थापा मगरमाथि आक्रमण भएको छ। बुधबार राति रेडियोको नियमित काम सकेर फर्कदै गर्दा थापामाथि पोखराको नागढुंगा नजिकै मोटरसाइकलमा आएका अज्ञात ब्यक्तिले आक्रमण गरेको हो।

टीका थापा मगर

टाउको र निधारमा गम्भिर चोट लागेका थापा मगरको टाउकोको अगाडि पछाडी टाँका लगाइएको छ। उनलाई बुधबारै उपचारपछि डिस्चार्ज गरिएको छ।

थापा मगरको पोखराको मणिपाल शिक्षण अस्पतालको अकास्मिक कक्षमा राखेर उपचार गरिएको थियो। थापा मगरमाथि रातको झण्डै ११ः ४० बजे निवासम फर्कदै गर्दा नागढुंगाको ओरालोमा आक्रमण भएको हो।

टीकामाथि भएको आक्रमणको रेडियो बाराहीले एक विज्ञप्ति जारी गर्दै भत्सर्ना गरेको छ। रेडियोले आक्रमणमा संलग्न जो केही भएपनि यथासिघ्र पक्राउ गरी कडा भन्दा कडा कारवाही गर्न प्रशासनसंग जोडदार माग गरेको छ।

सञ्चारमाध्यममा कार्यरत प्राविधिक, कर्मचारी र सञ्चारकर्मीमाथि हुने यस्ता खालका आक्रमण सैह्या नहुने भन्दै रेडियोले शान्ति सुरक्षा कायम गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ। आक्रमणको घटनाले सवै सञ्चार गृह र तिनीहरुमा कार्यरत सञ्चारकर्मी, कर्मचारीमा असुरक्षित महसुस हुने विज्ञप्तिमा उल्लेख छ। यस्ता घटनाले सर्वसाधारणमा समेत थप असुरक्षित महसुस हुने तर्फ समेत रेडियोले ध्यानआक्रर्षण गराएको छ।





Comments

comments

Leave a Reply

10310