भूकम्पपीडितलाई सुखवतीद्वारा सिरक वितरण

काठमाडौँ, १६ पुस । भूकम्पले घरबार गुमाएर अस्थायी टिनको टहरा र शिविरमा बस्दै आएका पीडितलाई सुखवती फाउन्डेसन नेपालले न्यानो कार्यक्रमअन्तर्गत सिरक वितरण कार्यक्रम थालेको छ।

दक्षिण कोरियाको ब्युटिफुल स्टोर फाउन्डेसनको सहयोगमा रसुवा, दोलखा, सिन्धुपल्चोक र नुवाकोटका ग्रामीण क्षेत्रका भूकम्पपीडित परिवारलाई सो फाउन्डेसनले अहिलेसम्म पाँच हजार पाँचसय सिरक वितरण गरिसकेको फाउन्डेसनका उपाध्यक्ष चिजमान गुरुङले बताउनुभयो।

“टिनको टहरा र गाउँ नै उठीवास भएर अस्थायी शिविरमा बसेका पीडितलाई जाडोयाम सुरु भएलगत्तै गाउँमै पुगेर न्यानो कार्यक्रमअन्तर्गत सिरक बाँडेका हौँ,” फाउन्डेसनका उपाध्यक्ष गुरुङले भन्नुभयो।

पछिल्लो पटक सिन्धुपाल्चोकका कदमवास, साँगाचोक, बाह्रविसे, थुमपाखर, माङ्खा, चौतारा, पिपलडाँडालगायत एघार गाविसका पाँचसय घरपरिवारलाई सिरक बाँडिएको र थप पाँचसय घरपरिवारलाई छिट्टै बाँडिने फाउन्डेसनका महासचिव राजेन्द्रबहादुर लामाले जानकारी दिनुभयो।

फाउन्डेसनले पुराना कपडा, घरायसी सामान, किताब, गमला लगायतका सामग्री सङ्कलन गरी पुनःप्रयोगमा ल्याउने अभियान चलाइआएको छ। त्यस्ता सामग्री पुनःप्रयोगका लागि योग्य बनाएर दश रुपैयाँदेखि एक हजार रुपैयाँसम्ममा बेच्ने र सङ्कलित रकम असहाय एवम् गरिब परिवारको आर्थिक हितका लागि प्रदान गर्ने काम फाउन्डेसनबाट हुँदै आएको छ। रासस





Comments

comments

Leave a Reply

10316