नेपाली साहित्य विकास परिषद् युके को १५औँ कार्यकारिणी समिति चयन

–

लन्डन, बेलायत स्थित नेपालीहरूको जेठो साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद् युकेको ३०औँ साधारण सभाले आगामी दुई वर्षका लागि परिषद्को १५औँ कार्यकारिणी समिति चयन गरेको छ।

वेस्ट लन्डन, एक्टनस्थित एबिआई कलेजमा सम्पन्न परिषद्को साधारण सभाबाट निर्वाचित भएको १६ सदस्यीय नयाँ कार्यसमितिमा कोमलप्रसाद श्रेष्ठ मल्ल अध्यक्ष, ध्रुव केसी वरिष्ठ सह-अध्यक्ष र पाँचजना सह-अध्यक्षहरूमा वसन्त रायक्षेत्री, वीरेन्द्र कुँवर, रेशम अर्याल, गोकुल भण्डारी र वाचस्पति रेग्मी चुनिएका छन् भने उपाध्यक्षमा, डा. सङ्गीता श्रेष्ठ ‘स्वच्छा’, यसैगरी महासचिवमा डा. सुधा श्रेष्ठ, सह-महासचिवमा सुष्मा भट्टराई र वरिष्ठ कोषाध्यक्षमा मनोज अन्जान चुनिएका छन्! यसैगरी कार्यकारिणी सदस्यमा वासुदेव सापकोटा चुनिएका छन्। मिडिया कोअर्डिनेटरहरूमा नवीन पोखरेल र नरेश खापाङ्गी मगर, शिव भण्डारी चुनिएका छन्! २ जना कार्यकारिणी सदस्य पछि अध्यक्षले मनोनयन गर्ने गरी खाली राखिएको छ।

यसैगरी १६ सदस्यीय सल्लाहकार समितिमा डा. राघवप्रसाद धिताल ओबिई प्रमुख सल्लाहकार र सल्लाहकारहरूमा सुरेशजङ्ग शाह, हरिसिंह थापा, खगेन्द्र नेपाली, हरिविभोर कार्की, मदन थापा, घनबहादुर थापा मगर, विजय थापा, डा. गोपाल पौडेल, कृष्ण भट्ट, डा. जनककुमारी धिताल, हिन्दमैञा वैद्य, कमल भण्डारी, बालजंग अर्याल, पशुपति भण्डारी र टंक भट्टराई रहेका छन्। यसअघि कार्यसमितिको निर्वाचनका लागि परिषद्का निवर्तमान अध्यक्ष हरिसिंह थापाको अध्यक्षतामा पूर्व अध्यक्ष खगेन्द्र नेपाली र मदन थापा, विजय थापा र कृष्ण भट्ट रहेको ५ सदस्यीय अध्यक्ष मण्डल गठन गरेको थियो।

नवनिर्वाचित पदाधिकारीहरूको पद सुशोभन तथा प्रमाणपत्र वितरण पछि अर्को कार्यक्रममा गरिने भएको छ।

यसअघि परिषद्का अध्यक्ष कोमलप्रसाद श्रेष्ठ मल्लको अध्यक्षतामा बसेको साधारण सभाले वरिष्ठ कोषाध्यक्ष मनोज अन्जानद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन र महासचिव डा. सुधा श्रेष्ठद्वारा प्रस्तुत गरिएको वार्षिक प्रगति प्रतिवेदनहरूमाथि बुँदागत छलफल गरी पारित गरेको थियो।

–

यसैगरी साधारण सभाले १५औँ कार्यसमितिको कार्यकाल सफल बनाउन परिषद्का हरेक वार्षिक कार्यक्रमहरूमा सक्रियरूपले लागिपर्नुहुने परिषद्का संस्थापक निवर्तमान अध्यक्ष वरिष्ठ साहित्यकार सुरेशजङ्ग शाह, कार्यसमितिका पदाधिकारीहरू, प्रमुख सल्लाहकार तथा सल्लाहकारहरू, परिषद्का पदेन संरक्षक महामहिम राजदूत तथा नेपाली राजदूतावास परिवार, कवि तथा कलाकारहरू, परिषद्को नेपाल च्याप्टरका पदाधिकारीहरू, कोसेली नेपाली सांस्कृतिक परिवार युकेका संस्थापक अध्यक्ष मदन थापा तथा अन्य कलाकारहरू, सयपत्री सांस्कृतिक परिवार युकेका अध्यक्ष डम्बसिंह प्रयास र पदाधिकारीहरू, पत्रकारहरू र आर्थिक तथा भौतिक सहयोग गर्नुहुने डा. राघवप्रसाद धिताल ओबिई, डा. जनककुमारी धिताल, खगेन्द्र नेपाली, कृष्ण भट्ट, ध्रुव केसी, घनबहादुर थापा मगर, कृष्णा थापा मगर, हरिसिंह थापा, देवकुमारी थापा, हिन्दमैञा वैद्य, गोपाल पौडेल, रेशम अर्याल, मनोज अन्जान, गोकुल भण्डारी, सुष्मा भट्टराई, ज्ञानेन्द्र राउत, कोहिनूर मल्ल, सीतु खरेल, वाचस्पति रेग्मी, नवीन पोखरेल, शिव भण्डारी, नरेश खापाङ्गी मगर र अन्य संघ-संस्थाहरू सबैको सहयोगको सराहना गर्दै धन्यवाद प्रस्ताव पारित गरेको थियो।





Comments

comments

141937