अक्टोबरमा एक लाख ३२ हजार विदेशी पर्यटक नेपाल भित्रिए

–

काठमाडौँ । सन् २०२६ को अक्टोबरमा एक लाख ३२ हजार ८१४ विदेशी पर्यटक नेपाल भित्रिएका छन्।

नेपाल पर्यटन बोर्डले दिएको जानकारीअनुसार गत वर्षको अक्टोबर महिनाको तुलनामा यसवर्ष चार हजार बढी विदेशी पर्यटक नेपाल भित्रिएका हुन्।

बोर्डका अनुसार सबैभन्दा बढी १७ हजार ४३७ अमेरिकी पर्यटकको आगमन भएको हो । अघिल्लो वर्ष यसै महिनामा १३ हजार २८६ अमेरिकी पर्यटक आएका थिए । यस वर्ष अक्टोबर महिनामा १२ हजार ९७ भारतीय पर्यटक नेपाल भ्रमणमा आएकामा अघिल्लो वर्षको अक्टोबरमा १७ हजार २९८ थियो।

सन् २०२६ को अक्टोबर महिनामा चीनबाट ११ हजार ६९५ पर्यटक नेपाल भ्रमणमा आएका छन् । चौथो स्थानमा बेलायती पर्यटकको आगमन भएको छ। रासस





Comments

comments

141952