Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

छेलो जितेर गुरुङ राजा बने निरज तमु

हुम तमु/ एचकेनेपाल डट कम –
पोखरा, प्र ल्होछारको अवसरमा तमु धिं नेपालद्वारा आयोजित भिमबहादुर तमु खुल्ला छेलोको उपाधि जित्दै प्र ल्होको म्रु (राजा) बगालेटोल तमु समाजका निरज गुरुङ घोषित भएका छन्।


तस्विरहरुः सुदर्शन रञ्जित / एचकेनेपाल डट कम

तमु धिं नेपालमा मंगलवार सम्पन्न प्रतियोगिताको उपाधि जित्दै निरज लगातार तीन वर्ष म्रु बनेका हुन्।

छेलोमा बगालेटोलकै रविन गुरुङ ए दोश्रो र लमजुङ तमु समाजका चुन्दर गुरुङ तेश्रो भए।

भिमबहादुर तमुको धर्म पत्नी पुर्णकुमारी तमुको प्रमुख आतिथ्यतामा सम्पन्न प्रतियोगिताको शुभारम्भ अक्षयकोषदाता तमु धिं नेपालका पूर्व महासचिव देवीराज तमुले प्रतियोगिता संयोजक क्याप्टेन चेतबहादुर तमुलाई छेलो हस्तान्तरण गरेका थिए।

तमु धिं नेपालका पूर्व महासचिव देविराज तमुले आफ्ना बाबाको नाममा स्थापित भिमबहादुर तमु खुल्ला छेलो अक्षयकोषबाट केही वर्ष अघिदेखि बर्षेनी ल्होछारमा तमु जातिको मौलिक खेल छेलो प्रतियोगिता गरिदै आएको छ।





Comments

comments

Leave a Reply

10303