Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

नयाँ मन्त्रीहरुले बस्ने बासै नपाएपछि …

संवैधानिक व्यवस्थाविपरीत सरकारलेमन्त्रालय विभागन गरेर मन्त्रीहरुको संख्या थपेपछि मन्त्रीहरुले बास नै नपाउने अवस्था बनेको छ।

संविधानमा २५ वटासम्म बढी मन्त्रालय बनाउन नहुने व्यवस्था भएपनि केपी शर्मा ओली नेतृत्वको सरकारले भने मन्त्रालय टुक्राउँदै सहायकमन्त्रीसमेत गरी ४० सदस्यीय मन्त्रिमण्डल बनाएको छ।

सरकारको ललिपुर पुल्चोकमा १९ वटा क्वाटर रहेपनि सवैमन्त्रीहरु बस्न नसक्ने भएपछि उनीहरु भाडाको घरमा बस्न थालेका छन्। सबै क्वाटरमा मन्त्रीहरु बसेपछि सरकारले पछिल्लो दुई चरण विस्तार गर्ने क्रममा भएका मन्त्रीहरु क्वाटर पाउनवाट बञ्चित भएका छन्।

मन्त्रीहरुलाई आवासको व्यवस्था शहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गत भवन निर्माण सम्भार डिभिजन कार्यालयले गर्दै आएको खबर आजको नेपाल समाचार पत्र दैनिकले छापेको छ।





Comments

comments

Leave a Reply

10364