हङकङमा १०० मिलियन डलरको लागुऔषध जफत गर्ने क्रममा पक्राउ परेका एक जनाको मृत्यु

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, २ फेब्रुअरी। हङकङमा करीव १०० मिलियन हङकङ डलर बराबरको कोकिन जफत गर्ने क्रममा पक्राउ परेका एक जनाको मृत्यु भएको छ।

स्थानीय मिडियाका अनुसार युन लङमा बुधबार १०० मिलियन हङकङ डलर बराबरको कोकिन जफत गर्ने क्रममा पक्राउ परेका चारमध्ये एक ५७ वर्षीय संदिग्धको बिहीबार मृत्यु भएको हो।

भन्सार र प्रहरी बीचको संयुक्त अपरेशनले दक्षिण अमेरिकाबाट ल्याइएको ढुवानी कन्टेनरको निरीक्षण गरेको थियो। जसमा माछाको मासु भएको बताइएको थियो।

एक्स-रे जाँचमा प्रहरीले माछाको मासुभित्र तीन झोलाहरू फेला पारेका थिए। जसमा १०० किलोग्राम कोकिन फेला परेको थियो।

त्यसपछि प्रहरीले बुधबार गोदाममा छापा मारेर ५२ र ५९ वर्षका दुई जनालाई पक्राउ गरेको थियो। त्यसैगरी, मोङ कोक र युन लङमा ७५ वर्षीय महिला मास्टरमाइन्ड र ५७ वर्षीय पुरुषलाई पनि पक्राउ गरेको थियो।

एक जनाले गिरफ्तारीको प्रतिरोध गर्दा उसहित तीन प्रहरीहरू घाइते भएका थिए। करिब २० मिनेट पछि ती व्यक्ति बेहोस भएपछि तुरुन्तै उनलाई ट्युन मुन अस्पताल पुर्‍याइएको थियो। उनको कार चेसको क्रममा हृदयघातको कारण मृत्यु भएको जनाइएको छ। प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा उनी मुटु रोगबाट पीडित थिए।

अन्य पक्राउ परेकाहरूलाई खतरनाक लागुऔषध ओसारपसारको अभियोग लगाइएको छ र उनीहरूलाई शुक्रबार फ्यानलिङ्ग मजिस्ट्रेटको अदालतमा उपस्थित गराइनेछ।





Comments

comments

104294