भारतीय सीमा क्षेत्रमा नक्कली नोटको बिगबिगी

सर्लाही, भारतीय सीमा क्षेत्रमा नक्कली नेपाली नोटको कारोवार हुने गरेको पाइएको छ । कारोबारमा नक्कली नोट प्रयोग गर्ने र सीमा क्षेत्रको बाटो हुँदै अन्यत्र समेत नोटको ओसारपसार हुने गरेको प्रहरीले जनाएको छ।

फाइल फोटो

बिहीबार मात्र सर्लाहीको हरिवनबाट प्रहरीले नक्कली नोटसहित पक्राउ गरेका दुई जनाको साथबाट एक लाख ७२ हजार नक्कली नोट बरामद भएको छ।

त्यस्तै, २१ बन्डल नक्कली हजार दरका नोटको साइजमा कटिङ गरिएको कागज बरामद भएको इलाका प्रहरी कार्यालय हरिवनका प्रमुख एवं प्रहरी निरीक्षक अनिलराज गिरीले जानकारी दिनुभयो । इन्स्पेक्टर गिरीका अनुसार तल्लो र माथिल्लो भागमा नक्कली हजार दरका नोट राखेर २० वटा टेष्टी बिस्कुटको पुरिया समेत फेला परेको छ। यो खबर गोरखापत्र दैनिकमा प्रकाशित छ।

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

104309