Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

एमाओवादीभित्रै भएको सहमति टुट्योः राजधानीमै समानान्तर जिल्ला कमिटी गठन

काठमाडौ, भाद्र ५ – एमाओवादीभित्र दुई समूहबीच मिलेर जाने गरी एक साता अघि भएको ‘द्वन्द्वविराम’ भंग भएको छ। संस्थापन पक्षले पेल्ने क्रम जारी राखेको भन्दै बुधवार नेता बाबुराम भट्टराई समूहले राजधानीमै समानान्तर जिल्ला कमिटी बनाएको छ।

यसअघि संस्थापन पक्षले काठमाडौं जिल्ला अध्यक्षमा हिमाल शर्मालाई चयन गरेको थियो। त्यसमा असहमती राख्दै भट्टराई समूहले महेन्द्र श्रेष्ठको अध्यक्षतामा ५७ सदस्यीय समानान्तर कमिटी गठन गरेको हो। त्यसमा शर्मालाई उपाध्यक्ष राखिएको छ। संस्थापन पक्षले बनाएको शर्मा नेतृत्वको कमिटीमा भने श्रेष्ठलाई उपाध्यक्ष बनाइएको आज कान्तिपुरमा प्रकाशित समाचारमा छ।

पार्टीका सबै काम दुवै पक्ष मिलेर गर्ने भनी साउन २६ गते भएको सहमति उल्लंघन भएको भन्दै संस्थापन पक्षले यसलाई दुर्भाग्यका रुपमा लिएको छ।

‘अब त नियतमाथि नै प्रश्न उठेको छ । काठमाडौंमा समानान्तर कमिटी गठनको खबरले हामीलाई आश्चर्य बनाएको छ,’ केन्द्रीय सदस्यसमेत रहेका अध्यक्ष पुष्पकमल दाहालका स्वकीय सचिव चुडामणि खडाले कान्तिपुरसँग भने । उनका अनुसार बिहीवार स्थायी समिति बसी काठमाडौं घट्नाबारे बिस्तृत छलफल हुनेछ।

यसअघि संस्थापनले एकलौटी रुपमा चलाउदै आएका प्रशिक्षक्ष रोक्ने र भट्टराई पक्षले समानान्तर कमिटी गठन बन्द गर्ने सहमति भएको थियो। पार्टीभित्र विवाद चकिर्दै जादा संविधान निर्माणलाई समेत असर पर्ने महसुस गर्दै दुबै पक्ष बिवाद मिलाउन राजी भएका थिए।

दुवै पक्षबीच पार्टीभित्र ‘द्वन्द्वविराम’ रोकी स्थायी समिति र वैचारिक व्यवस्थापन समितिको बैठकबाटै विवाद मिलाउने सहमती भएपनि अध्यक्ष पक्षबाटै उल्लंघन सुरु भएको भट्टराई समूहका एक नेताले दाबी गरे। ‘काठमाडौंमा लामो समयदेखि संगठनमा काम गरेका नेतालाई वाइपास गर्ने काम भयो । त्यसलाई मिलाऔं भन्दा सुनुवाई भएन,’ ती नेताले भने, ‘कार्यकर्ताको तहबाटै असन्तुष्टी आएपछि हामीले महेन्द्र श्रेष्ठको नेतृत्वमा कमिटी गठन गरेका हौं।’

संस्थापनले उचित पद नदिएको कारण राख्दै भट्टराई पक्षले सिन्धुली, धुनषा, पर्सा, बैतडी, गोरखा, कास्कीलगायत जिल्लामा समानान्तर कमिटी गठन गरिसकेको छ।

एमाओवादीले काठमाडौ जिल्लाका विद्यार्थी, मजदुर, सम्पर्क मञ्चलगायत सबै मोर्चा कमिटी विघटन गरी भूगोलमा समाहित गरेदेखि नै समस्या उब्जिएको थियो। नेता भट्टराईले अखिल क्रान्तिकारीका अध्यक्ष शर्मालाई उपाध्यक्ष र श्रेष्ठलाई अध्यक्ष बनाउन पार्टीमा प्रस्ताव गरेका थिए। त्यसविपरीत संस्थापनले शर्मालाई अध्यक्ष घोषणा गरेको थियो । श्रेष्ठले आफूले २०६३ सालदेखि नै नेतृत्व गर्दै आएको तर विचार समूहकै आधारमा पाखा लगाउन खोजिएको दावी गरे।

‘पार्टीभित्र विभिन्न विचारको बहस हुन्छ। त्यही कारण कसैलाई नेतृत्वबाट बञ्चित गराइनुहुन्न,’ गत संविधानसभा निर्वाचनमा क्षेत्र नं ५ बाट पराजित उम्मेवादर समेत रहेका श्रेष्ठले कान्तिपुरसँग भने । संस्थापन पक्षीय अध्यक्ष शर्माले भने विज्ञप्ति जारी गरी समानान्तर कमिटी बनाइनु हास्यास्पद, गैरराजनीतिक र अराजकताको संज्ञा दिएका छन् । यसअघि नै संस्थापनले भट्टराईनिकट नेता गंगानारायण श्रेष्ठ र रामरिझन यादवलाई केन्द्रिय कमिटीबाट निलम्बन गरेको थियो।





Comments

comments

1048