Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

प्रियंका चोपडाका गुरू बनेर बलिउडबाट फर्किए सुनिल थापा

नेपाली चलचित्रका लोकप्रिय अभिनेता सुनिल थापा बलिउडको बहुचर्चित चलचित्र मेरी कोम को सम्पूर्ण काम सकेर बुधबार काठमाडौं फर्किएका छन्।

चलचित्रमा मेरी कोम प्रियंका चोपडाको गुरु नरजित सिंहका रुपमा प्रस्तुत भएका उनको कामको बलिउडमा पनि प्रशंसा भएको समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकले लेखेको छ।

प्रियंका चोपडा
प्रमोसनको काम सकेर फर्किएको हुँ काठमाडौं अवतरणपछि थापाले भने, दर्शकले एउटा राम्रो चलचित्र हेर्न पाउनेछन्। यस चलचित्रले अभिनेता सुनिल थापाको अभिनय यात्रालाई नयाँ उचाइमा पुर्याउने विश्वास गरिएको छ। चलचित्र मेरी कोममार्फत उनी विश्वभर छाउनेछन्।

गत जुलाई १५ मा फस्ट लुक सार्वजनिक गरिएको यो चलचित्र आगामी सेप्टेम्बर ४ देखि ११ सम्म क्यानडामा हुने टोरोन्टो इन्टरनेसनल फिल्म फेस्टिभलमा प्रिमियर एंव सेप्टेम्बर ५ मा विश्वभर रिलिज हुँदैछ।

Watch:
Mary Kom – Official Trailer | Priyanka Chopra in & as Mary Kom
=====





Comments

comments

1051