Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

क्रुजमै हरितालिका तीज

धर्मराज अधिकारी / एचकेनेपाल डट कम-
लण्डन । बेलायतबाट नर्वेका लागि क्रुज यात्रमा गएका नेपालीहरुले क्रुजभित्रै पहिलो पटक तीज मनाएका छन्। स्थानीय व्यवसायी सुरेन्द्र श्रेष्ठको पहलमा आयोजना गरिएको क्रुज यात्रामा सहभागी सत्र परिवारले हरितालिका तीज क्रुजभित्रै मनाएका हुन्।

तेश्रो पटक क्रुज यात्रा गराएका व्यवसायी सुरेन्द्र श्रेष्ठले नर्वेको चार शहरमा यात्रा गरिएको जानकारी दिए। परिवार सहितको यात्रा भएकोले रमाइलो तीज कार्यक्रम भएको श्रेष्ठले बताए। क्रुज यात्रामा लण्डनस्थित नेपाली दूतावासका सुर्य थापा, गैर आवासीय नेपाली संघ बेलायतका प्याट्रन सुर्य गुरुङ, समाजसेवीहरु मोहन गुरुङ, डा. राघव धिताल, डा विनोद ढुंगाना लगायत सहभागी थिए।

व्यवासायी श्रेष्ठको पहलमा तीनवर्ष अघिदेखि क्रुज यात्रा सम्पन्न भइरहेको छ। पहिलो बर्षको क्रुज यात्रामा स्वामी आनन्द अरुणले ध्यान शिविर सञ्चालन गरेका थिए भने दोश्रो पटकको यात्रामा कविता वाचन तथा साझा लिमिटेडको वार्षिक साधारण सभा गरिएको थियो।

यस पटक क्रुज यात्रामा सहभागी भएकाहरुले चेपाङ वस्तीमा एक परिवारका लागि घर बनाइदिने भएको छ। यसका लागि काठमाडौंस्थित विष्णु प्रतिष्ठानसंग सहकार्य गरिने यात्रा संयोजक श्रेष्ठले बताए।





Comments

comments

1056