Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

एन्मा नासाको दसौं सम्मेलनको तयारी अन्तिम चरणमा

नातिबाबु भट्ट / एचकेनेपाल डट कम-
कोलोराडो, अमेरीका। एशोसिएसन अफ नेप्लीज ईन मिडवेष्ट अमेरिका (एन्मा) र नेप्लीज एशोसिएसन ईन साउथवेष्ट अमेरीका (नासा) को १० सौं संयूक्त सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ।

अमेरीकाको लागि नेपालका कार्यवाहक राजदुत ऋषिराम घिमिरेको बिशेष उपस्थितिमा आयोजित सम्मेलन यहि अगष्ट २९ देखि ३१ सम्म कोलोराडोको डेनवर्क स्थित क्राउन प्लाजा होटलमा हुन लागेको हो। सम्मेलनमा अमेरीका र क्यानडामा बसोबासगर्ने २ हजार भन्दा बढि नेपालीहरुको सहभागीता रहने आन्माका अध्यक्ष गोपेन्द्र भट्टराईले बताएका छन्।

बिशेष गरि नयाँ पुस्तालाई हाम्रो रहन सहन, भाषा, साँस्कृति तथा भेषभूषाको जानाकारी गराउन तथा अमेरिकामा जन्मे हुर्केका नेपाली बालबालिका तथा यहांका स्थानीय बासिन्दाहरुलाई नेपालीको भाषा र संस्कृतीको पहिचान गराउन, कार्यक्रम आयोजना गरिएको र यसबाट मातृभूमिप्रतिको कर्तब्य स्मरण गराउन तथा कर्मथलोमा जन्मथलोको पहिचान गराउन कार्यक्रमले सकारात्मक प्रभावपार्ने भट्टराईको दावी छ।

कोलोराडोस्थित नेपालीहरुको साझा संस्था नेपाली घर र रकी माउण्टेन फ्रेन्ड्स अफ नेपालको सह–आयोजनमा हुनलागेको सम्मेलनलाई सफलताकासाथ सम्पन्न गर्न रकी माउण्टेन फ्रेन्ड्स अफ नेपालका अध्यक्ष शरद आचार्यको नेतृत्वमा गठीत खेलकुद, संस्कृती तथा मनोरन्जन, प्रचार प्रसार, सूचना तथा संचार श्रोत संकलन तथा ब्यावस्थापन जस्ता बिभिन्न १७ उपसमितिले अहोरात्र खटी आफ्नो जिम्मेवारी पुरा गरिरहेका छन्।

आयोजक एन्माका अध्यक्ष भट्टराईका अनुसार सम्मेलनका बिशेष आकर्षक गोपाल नेपाल (फिस्टे), नायीका रेखा थापा, ग्ँँयक सुनिल उप्रेदी, संजिव प्रधान, दिपेशकिशोर भट्टराई, बिजय अधिकारीको कार्यक्रममा जोडदार प्रस्तुती रहने छ। त्यस्तै पूर्व नेपाल सुन्दरी ईशानी श्रेष्ठ, बहु प्रतिभाशँली ब्याक्तित्व शुर्दसन गौतम, चलचित्र निर्देशक तुलसी घिमीरे, गायक हिरण्य भोजपुरे, बिदेसी पाउनाहरुमा कोलोराडोका सिनेटर लिन्डा न्युवेल, नेपालमा मेडिकल क्षेत्रमा उल्लेखनिय योगदान गर्ने डा.जेम्स क्यान्सन्को कार्यक्रममा गरिमामय उपस्थिती रहने छ।

त्यसैगरी सहभागीहरुलाई कार्यक्रममा सक्रृय सहभागी गराउन खेलकुद प्रतियोगिता, साहित्यिक कार्यशाला गोष्ठी, हेल्थ क्याम्प, चिडे«न क्याम्प, युथ ट्यालेन्ट शो, ओम्यान फोरम, एनआरएन फोरम, रक्तदान, कबी गोष्ठी जस्ता कार्यक्रहरु संचालनहुने प्रचार प्रसार संयोजक रमेश गुरुङले बताएका छन्।

आफ्नो घर दैलोमा संचालन हुन लागेको सबै उमेर समूहलाई सगटेको, सबैको बिचार भावना अटाउने भब्य सम्मेलनमा सक्रृय सहभागी भई मनोरञ्जनको साथै ज्ञान तथा शिप एक आपसमा आदान प्रदानगर्ने यस्तो सुनौलो अवशर नगुमाउनु हुन सबैलाई हार्दिक आग्रह गरिएको छ। यसरी आग्रह गर्नेहरुमा एन्माका अध्यक्ष गोपेन्द्र भट्टराई, नासाका अध्यक्ष डा. रामचन्द्र बराल, रकी माउण्टेन फ्रेन्ड्स अफ नेपालका अध्यक्ष एबं मुल समितीका अध्यक्ष शरद आचार्य, नेपाली घरका अध्यक्ष नारायण श्रेष्ठ, आयोजक समिती र उपसमितीका सबै सदस्यहरु रहेका छन्। उनीहरुले अमेरिका तथा क्यानडामा बस्ने नेपाली तथा नेपालप्रती सद्भाव देखाउने सबैलाई आग्रह गरेका हुन्।

आयोजक समितीले कार्यक्रमबारे थप जानाकारी लिन तथा रजिष्ट्रेसनको लागि कन्भेन्सनको आधिकारिक वेभसाईड “जोईन्ट कन्भेन्सन डट अर्ग” संचालन गरिएको जनाएको छ।





Comments

comments

1059