Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

एटलान्टामा नायक भुवन केसीलाई लाइफ टाइम अवार्ड

तारा कुँवर / एचकेनेपाल डट कम-
एटलान्टा। सन् १९९१ मा स्थापित नासा (नेपलिज अस्सोसिएसन इन साउथ इस्ट अमेरिका) अमेरिकाका सामाजिक संस्थाहरुमध्ये एक प्रमुख मानिन्छ। यो संस्था नामले क्षत्रिय जस्तो देखेता पनि कामको हिसाबले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरसम्म काम गर्न सफल भएको छ।

अमेरिकाको जोर्जिया राज्यको काठमाडौँ किचेन एण्ड ग्रिल रेष्टुराँटमा नासाले एक कार्यक्रमको आयोजना गरी नासाको २३ बर्षको इतिहासमै पहिलो पल्ट नेपाली सिने जगतका हस्ती एक सफल नायक भुवन केसीलाई लाइफ टाइम अवार्डले सम्मान गरिएकोछ।

कार्यक्रमको संचालन उद्घोषकद्वय संस्थाका सहसचिब अम्बिका लोहनी शर्मा र दिलिप दाहालले गरेका थिए| कार्यक्रमा स्वागत भाषणको मन्तब्य पूर्व अध्यक्ष एबं हालै अमेरिकाको लागि एनआरएनसीसी मेम्बरमा निर्बाचित राजा घलेद्वारा गरिएको थियो भने वर्तमान अध्यक्ष डा. राम चन्द्र बरालद्वारा धन्यवाद मन्तब्य राखेका थिए। त्यसै गरि भुटनीज समुदायका केही प्रमुख व्यक्तित्वहरु डीजे खालिंग, राम गुरुङ, सर्मान समाल र कार्यक्रम संयोजक अगम गुरुङको हातबाट खादा लगाई सम्मान गरेका थिए।

नायक भुवन केसीले स्थानीय कलाकारहरु सोमु राई, हेलेना नानु गुरुङ र बिनोद गुरुङहरुको साथ केही गीत, नाच र अभिनय प्रस्तुत गरेर सबै दर्शकहरुलाई भरपूर मनोरञ्जन दिए।

अमेरिकाकै एउटा स्थापित संस्था नासाद्वारा पहिलो पटक आफू लाइफ टाइम अवार्डबाट सम्मानित हुन पाउंदा खुशी र गौरम्बित भएको बताउंदै नायक भुवन केसीले संस्थाप्रति आभार पर्कट गरे। कार्यक्रमको अन्तमा भुवन केसीद्वारा निर्मित र आफ्नो प्रमुख भूमिका रहेको नेपाली फिल्म ” साथी म तिम्रो ” प्रदर्शन गरिएको थियो। फिल्मको मध्यान्तरमा सबै दर्शकहरुसंग फोटो सेशन भएको थियो। कार्यक्रममा दर्शकहरुको उलेखनीय उपस्थिति रहेको थियो।





Comments

comments

1064