तमू संग्रहालय भवन निमार्णार्थ तमूधिँ कोरियाबाट ३ लाख सहयोग

मञ्जु गुरूङ / एचकेनेपाल डट कम-
दक्षिण कोरिया। तमू धिं कोरियाले सम्पूर्ण तमूहरुको छाता संगठन तमूह्यूल छोँजधी राष्ट्रिय परिषदलाई ३ लाख नेपाली रुपियाँ नेपाल पठाएको अध्यक्ष सुरज गुरुङले जानकारी गराउनुभएको छ।

उक्त रकम परिषदद्वारा निर्माणधीन तमू संग्रहालय भवनको सहयोगार्थ पठाएको हो। तमूधिँ कोरियाले गत एप्रिल ६ तारिख कोरियामा नेपाली कथानक चलचित्र “छ एकान छ” प्रर्दशन गरी संकल गरेको रकम नेपाल पठाएको जनाएको छ।

त्यस्तै भरखरै सम्पन्न तमू धिँ कोरियाको बैठकले आगामी नेभेम्बर ९ तारिख वार्षिक साधरणसभा गर्ने निर्णय गरेको छ। तमू धिँ कोरियाको वार्षिक गतिविधि र आगामी कार्ययोजना बारे साधरणसाभामा छलफल गरिने भएको । त्यसैले कोरियामा रहेको सम्पूर्ण तमू बन्धुहरुलाई साधारणसभामा सहभागी भई आफ्नो राय सुझाव दिन हुन तमू धिँ कोरियाले आग्रह समेत गरेको छ।





Comments

comments

1062