एनआरएनद्वारा यु–१६ क्रिकेट टीमलाई बधाई

बधाई सन्देश !
एशियाली क्रिकेट काउन्सीलको १६ बर्ष मुनीको ए.सि.सि. प्रिमियर खेलको उपाधि जित्न सफल भएको नेपालको यु–१६ क्रिकेट टीम र सम्पूर्ण नेपाली जनतालाई गैरआवासीय नेपाली संघ हार्दिक बधाई ज्ञापन गर्न गर्दछ।

नेपाल र नेपालीलाई अन्तर्राष्ट्रिय समुदायसमक्ष चिनाउन, नेपाली क्रिकेटको बिकाश गर्न, भोलीका कर्णधार खेलाडी उत्पादन गर्न यो जित महत्वपूर्ण उपलब्धि सावित हुने गैरआवासीय नेपाली संघले बिश्वास लिएको छ।

गैरआवासीय नेपाली संघ नेपाली क्रिकेटको बिकाशका लागि केही बर्ष पहिलेदेखि नै क्रियाशिल रहेको यहाँहरुलाई बिदितै छ । आगामी दिनमा पनि नेपाली क्रिकेटको बिकाशका लागि गैरआवासीय नेपाली संघ अग्रसर रहने बिश्वास दिलाउन चाहान्छु।

साथै, नेपाल सरकार र निजी क्षेत्रको साझेदारीमा क्रिकेट मैदान लगायतका पूर्वाधार बिकाशमा अग्रसर रहन र नेपाली क्रिकेटको बिकाशलाई प्राथमिकतामा राख्न गैरआवासीय नेपाली संघ आह्वान गर्दछ।

गैरआवासीय नेपाली संघद्वारा सहयोग प्रदानः
आज मिति: २०७१ भाद्र ५ विहिावरका दिन गैरआवासीय नेपाली संघले नेपालमा आएको बाढि पैरो पिडितहरुको सहयोगार्थ रु. २ लाख बराबरको ४२० थान कम्बल एभिन्जयूज टेलिभिजनका अध्यक्ष भाष्करराज राजकर्णिकारलाई हस्तान्तरण गर्‍यो।

कम्बल हस्तान्तरण गर्दै राष्ट्रिय समन्वय परिषद रसियाका सदस्य धन राज मोक्तानले यस भन्दा पहिले संघले तत्काल राहातको लागि लामोसाँगु भ्याली समाजलाई रु ८ लाख हस्तान्तरण गरेको र आगामी दिनमा पीडितहरुको पूनरवासमा सहयोग गर्ने योजना समेत रहेको जानकारी गराउनु भयो । उहाँले संघले हस्तान्तरण गरेको सो सहयोग सम्बन्धित पिडितहरुमा पुर्‍याईदिनको लागि आग्रह गदैं राहत संकलन र वितरणमा एभिन्जयूज टेलिभिजनले पुर्‍याएको योगदानको सरहना समेत गर्नु भयो।

यसै सन्दर्भमा एभिन्जयूज टेलिभिजनका अध्यक्ष भाष्करराज राजकर्णिकारले गैरआवासीय नेपाली संघलाई हार्दिक धन्यवाद व्यक्त गर्दै सो समान पिडितहरुमा पुग्ने र आफै पनि त्यसको स्थलगत निरिक्षण गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो।

सो हस्तान्तरण कार्यक्रममा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका महिला उपसंयोजक रजनी प्रधान, युरोपका पूर्व क्षेत्रीय उपसंयोजक रविन्द्रमान श्रेष्ठ र सचिवालयको सहभागीता रहेको थियो।

भावपूर्ण श्रद्धाञ्जली
नेपाली चलचित्रका प्रिय कलाकार श्रीकृष्ण श्रेष्ठको श्रावण २४ गते उपचारका क्रममा भारतको नयाँ दिल्लीमा भएको असामयिक निधनप्रति गैरआवासीय नेपाली संघ गहिरो शोक प्रकट गर्दछ।

नेपाली सिने जगतको स्वदेश तथा विदेशमा ख्याति प्राप्त कलाकार श्रीकृष्ण श्रेष्ठको स्वर्गारोहण भएको आज १३ औं दिनको पुण्यतिथिमा दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं।

साथै यस दु:खद घडिमा शोक संतप्त परिवारलाई धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भनी समवेदना व्यक्त गर्दछौं।

शेष घले,
अध्यक्ष,
अन्तर्राष्ट्रिय समन्वय परिषद्,
गैरआवासीय नेपाली संघ।

मिति: ५ भाद्र, २०७१।





Comments

comments

1066