Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

फेसबुकमा केटी बनेर ४ लाख ठगी

आफूलाई प्रेमिकाले ब्ल्याकमेलिङ गरेको भन्दै न्युरोडका रोशन गुप्ता उजुरी लिएर मंगलबार महानगरीय अपराध महाशाखा पुगे। फेसबुकमा चिनजान भएकी सुवास्ना गौतमले दुई लाख माग्दै अपहरणको धम्की दिएको उनले उजुरी गरेका थिए।

यसअघि पनि पटकपटक पैसा लिएको उनले उजुरीमा उल्लेख गरेका थिए । प्रहरीले पैसा लिनका लागि भनेर सुवास्नालाई बोलाउन लगायो । दुई युवक पैसा लिन आए । सँगै गएका प्रहरीले उनीहरूलाई पक्राउ गरी सुवास्नालाई चिनाउन भने । तर, सुवास्ना फेसबुककी नक्कली प्रेमिका थिइन् । सुवास्नाको नाममा फेसबुक आइडी खोली अन्य युवतीको फोटो राखेर दुई युवकले उनलाई ठगी गर्दै आएको रहस्य खुल्यो । त्यसरी ठगी गर्ने दैलेखका २३ वर्षीय विक्रम ज्ञवाली र केबिन केसी प्रहरी फन्दामा परेका छन् । उनीहरूलाई भाटभटेनीबाट प्रहरीले पक्राउ गरेको हो।

केटीको नाममा फेसबुक आइडी बनाई गुप्तासँग फेसबुकमै प्रेमको नाटक गरेर उनीहरूले ठग्दै आएका दिए । गुप्तालाई विश्वासमा लिन वेलावेला युवतीसँग पनि कुराकानी गराउँथे । प्रेममा पागल भएर हात काटेको र उपचारका लागि भन्दै पैसा माग्ने गरेका थिए । त्यसका लागि पैसा लिन उनीहरू आफैँ जाने गरेका थिए।

आफ्नी बहिनीसँग प्रेम गरेर बहिनीलाई पागल बनाएको भन्दै उनीहरूले वेलावेलामा धम्क्याउने गरेको समेत अनुसन्धानमा खुलेको छ। गुप्ता न्युरोडस्थित एक कपडा व्यवसायीका छोरा हुन्। बुबालाई थाहा नदिई उनले सहकारीको चेक काटेर उनीहरूलाई दिँदै आएका थिए । पटकपटक गरी चार लाख १७ हजार रुपैयाँ उनले दिइसकेका थिए । पछिल्लो समय दुई लाख माग्दै धम्क्याएपछि उनी प्रहरीमा पुगेका हुन्।

प्रहरीले अनुसन्धान गरेपछि मात्र फेसबुकमा सधैँ च्याट गर्दै मायाको कुरा गर्ने प्रेमिका केटा भएको उनले चाल पाए। पक्राउ परेका युवकहरू स्नातक तहका विद्यार्थी हुन् । उनीहरूलाई विद्युतीय कारोबार ऐनअनुसार कारबाही अघि बढाइएको अपराध महाशाखाले जनाएको छ। पक्राउ परेका युवकहरूबाट २ लाख ५३ हजार नगद, सुनको सिक्री तथा मोबाइल सेटहरू प्रहरीले बरामद गरेको खबर नयाँपत्रिका दैनिकमा छ।





Comments

comments

Leave a Reply

10558