Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

युएईमा प्रेम दिवसको तयारी

मोहन बस्याल / एचकेनेपाल डट कम –
युएई । अन्तराष्ट्रिय रुपमा मनाईदै आएको प्रणय दिवस युएईमा बस्ने नेपालीहरुका लागि पनि बिशेष हुने भएको छ।


प्रियंका कार्की

चौध फेब्रुअरीमा मनाईने यो दिवसका अवसरमा युएईमा चर्चित कलाकारको सहभागितामा बिशेष कार्यक्रम गर्ने तयारी भएको छ। नेपालमा लाईभ कन्सर्ट लगायतका ईभेन्ट म्यानेजमेन्टको काम गर्दै आएको ग्रीष्मा ईन्टरटेन्मेन्ट र युएईमा क्रियाशिल क्रिएटिभ युथ नेपालको सहकार्यमा हुने लागेको कार्यक्रममा नेपालका चल्तिका गायक प्रमोद खरेल, गायिका आस्था वि, हास्य कलाकार जितु नेपाल र नायिका प्रियंका कार्कीको सहभागिता रहने आयोजकले जानकारी दिएका छन्।

रेडियो तथा टेलिभिजन कार्यक्रम संचालक नरेश भटटराईले संचालन गर्ने कार्यक्रममा स्ट्याण्ड अप कमेडियन रमेश क्षितिज, गायिक तथा गीतकार सम्बृद्धि राई लगायतका कलाकारको पनि प्रस्तुती समेटिएको छ।

म विना कसै कसैलाई बोलको गीत गाएर चर्चामा आएका प्रमोद खरेलका सय भन्दा बढि गीत युवाहरुमाझ लोकप्रिय छन्। आस्था बि मलाई पुगेन पुगेन यो बैशले गीतबाट चिनिएकी गायिका हुन्। नेपाली टेलिभिजन कार्यक्रममा मुन्द्रे पात्रका रुपमा देखिएका जितु नेपाललाई दर्शकले मुन्द्रकै रुपमा चिन्छन्।

फेब्रुअरी १२ तारिखमा दुवईको देरामा रहेको आसियाना होटलमा हुने कार्यक्रमका लागि स्थानीय प्रसासन, होटल ब्यवस्थापनसंगको सहमतिपछि पोष्टरिङ लगायतका तयारी अगाडि बढाई सकिएको आयोजक मध्येका एक रमेश क्षितिजले जानकारी दिए। होटलको बाराके क्लबमा हुने साँझ ४ बजेबाट शुरु हुने कार्यक्रमको मोहम्मद समिम र मदन अधिकारीले संयोजन गर्दैछन्।

क्रियटिभ युथ नेपालले यस अघि चर्चित गायक शिव परियार, ज्योति मगर लगायतका कलाकार ल्याएर कार्यक्रम सम्पन्न गरि सकेको छ।





Comments

comments

Leave a Reply

10597