प्यासेन्जर कुर्दा कुर्दै ढलेका मिनीबस चालकको अस्पतालमा मृत्यु

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, ९ फेब्रुअरी। यात्रुहरू कुर्दै गरेका बेला बेहोस भएर ढलेका मिनीबस चालकको अस्पतालमा मृत्यु भएको छ।

आज दिउँसो १:०६ बजे ह्याप्पी भ्यालीस्थित होली रोड नम्बर १ मा पार्किङ गरी राखिएको हरियो छाना भएको मिनीबसका चालक बेहोस भएपछि उपचारका लागि अस्पताल लगिएको थियो।

–

उपचारका लागि अस्पताल लगिएको भएपनि पछि उनको मृत्यु भएको पुष्टि भएको थियो।

घटनास्थलमा रहेका एक चालकका अनुसार मृतक उपनाम यु करिब ५० वर्षका र विवाहित थिए। उनले धेरै वर्षदेखि यस रुटमा मिनीबस चलाउँदै आएका थिए। आज बिहान करिब ९ बजेबाट उनको काम सुरु भएको थियो।

उनले सहकर्मीहरूलाई असहज महसुस भएको र आराम गर्नु पर्ने बताएका थिए। उनलाई मिनिबस कोरिडोरको भुइँमा बेहोस पल्टिरहेको अवस्थामा फेला परेको थिए। उनको अस्पतालमा मृत्यु भएको स्थानीय मिडियाले जनाएको छ।





Comments

comments

106026