प्यासेन्जर कुर्दा कुर्दै ढलेका मिनीबस चालकको अस्पतालमा मृत्यु

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, ९ फेब्रुअरी। यात्रुहरू कुर्दै गरेका बेला बेहोस भएर ढलेका मिनीबस चालकको अस्पतालमा मृत्यु भएको छ।

आज दिउँसो १:०६ बजे ह्याप्पी भ्यालीस्थित होली रोड नम्बर १ मा पार्किङ गरी राखिएको हरियो छाना भएको मिनीबसका चालक बेहोस भएपछि उपचारका लागि अस्पताल लगिएको थियो।

उपचारका लागि अस्पताल लगिएको भएपनि पछि उनको मृत्यु भएको पुष्टि भएको थियो।

घटनास्थलमा रहेका एक चालकका अनुसार मृतक उपनाम यु करिब ५० वर्षका र विवाहित थिए। उनले धेरै वर्षदेखि यस रुटमा मिनीबस चलाउँदै आएका थिए। आज बिहान करिब ९ बजेबाट उनको काम सुरु भएको थियो।

उनले सहकर्मीहरूलाई असहज महसुस भएको र आराम गर्नु पर्ने बताएका थिए। उनलाई मिनिबस कोरिडोरको भुइँमा बेहोस पल्टिरहेको अवस्थामा फेला परेको थिए। उनको अस्पतालमा मृत्यु भएको स्थानीय मिडियाले जनाएको छ।





Comments

comments

106026