Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

२ दिनको बच्चा छाडेर अस्पतालबाट भागिन् आमा

नौ महिनासम्म दुखकष्ट झेल्दै जन्म दिएर सन्तानको मुखै नहेरी आमाले बच्चा छाडेर हिड्छन् भन्ने सुन्दा पत्याउन गाह्रो पर्छ। सत्य पत्याउन कर नै लाग्छ। बच्चालाई जन्म दिएको दोस्रो दिनमा धुलिखेल अस्पतालमा एक आमाले यसरी नै आफ्नो बच्चा छाडेर हिँडेकी आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ।

आधुनिक प्रविधिको विकाससँगै भित्रिएको यस्ता विकृतिजन्य घटनाले नेपालका सरकारी र सामुदायिक अस्पतालमा निकै समस्या सिर्जना गर्न थालेको अस्पतालको गुनासो छ । २५ दिनअघि एउटी महिला प्रसव व्यथाले छटपटिदैं धुलिखेल अस्पतालको आकस्मिक कक्षमा आइपुगिन्।

उनको साथमा एक पुरुष पनि थिए । अस्पतालमा महिलाले पहिला ति पुरुषलाई श्रीमान भन्दै चिनाईन । जव अस्पतालमा छोरीको जन्म भयो, तव महिलाले श्रीमान भनेर चिनाएका व्यक्तिलाई जेठाजु भन्न थालिन। अस्पतालका कर्मचारीले श्रीमान खोइ त ? भन्ने प्रश्नमा ती महिलाले विदेशमा भएको बताईन्।

उनको यो भनाइप्रति चिकित्सक र कर्मचारीले वास्ता गरेनन्। जव एक दिनपछि उनी बच्चा अस्पतालै छाडेर बेपत्ता भईन अनि अस्पतालमा हल्लाखल्ला मच्चियो।

श्रीमान विदेश गएको, साथमा एकजना पुरुष लिएर अस्पतालमा आउनु, उसले भनेको ठेगाना र मोवाइल नम्बर नमिल्नु, कुनै जानकारी नदिई अस्पतालबाट भाग्नुलाई अस्पतालले कतै अवैध रुपमा जन्मेको त होइन भन्ने आंशका गरेको छ।





Comments

comments

1075