Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

गुन्डाले धम्क्याए एआइजीलाई फोन

आपराधिक व्यक्तिबाट अप्ठ्यारोमा परेको वेला प्रहरी अधिकारीलाई सीधै सम्पर्क गर्न सकिने भएको छ। महानगरीय प्रहरी आयुक्त कार्यालयका प्रमुख एआइजी विज्ञानराज शर्माले आफ्नै मोबाइल नम्बर सार्वजनिक गरी खबर गर्न आग्रह गरेका हुन्।

सर्वसाधारण तथा व्यवसायीलाई धम्क्याएर पैसा माग्ने गतिविधि नियन्त्रण गर्न एआइजी शर्माले आफ्नो मोबाइल नम्बर ९८५१२९८८८८ सार्वजनिक गरी खबर गर्न आग्रह गरेका छन्। शुक्रबारदेखि उनले उजुरी सुन्न हटलाइन सेवा सुरु गरेको आजको नयाँ पत्रिका दैनिकमा समाचार छ।

एआइजी शर्माका साथै प्रहरीले अन्य तीनवटा मोबाइल नम्बर पनि हटलाइन प्रयोगमा ल्याएको छ । ९८५१२८३८३५, ९८६०३१२२१० र ९८६०३१२२१३ नम्बर हटलाइन बनाइएको छ ।

महानगरीय प्रहरी आयुक्त कार्यालयका प्रवक्ता एसएसपी हेमन्त पालका अनुसार हटलाइन सेवामा अधिकृत तहका प्रहरीले मात्र डिल गर्छन् र तत्काल पीडितले प्रहरीको सहयोग पाउनेछन् । ‘कहाँ उजुरी गर्ने भन्ने द्विविधा नहोस् भनेर हटलाइन सञ्चालनमा ल्याइएको हो,’ एसएसपी पालले भने । तर, व्यक्तिगत रिसइबीका आधारमा गलत सूचना नदिन प्रहरीले सचेत गराएको छ।





Comments

comments

1080