स्याङजा परिवार दक्षिण कोरियाद्वारा एम्बुलेन्स हस्तान्तरण

सुरज गुरुङ / एचकेनेपाल डट कम –
दक्षिण कोरिया। स्याङजा परिवार दक्षिण कोरियाद्वारा स्याङजा जिल्ला अस्पताललाइ प्रदान गरिएको अपर्झट बिरामीको लागि अत्यन्तै आबश्यक एम्बुलेन्स हस्तान्तरण कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ।

गत अगस्त २१ तारिख बिहीबार स्याङजा जिल्ला अस्पताल परिसरमा सो कार्यक्रम सम्पन्न भएको थियो। प्रबासी थकित मन गीत संगीतमा रमाऔ! रमाइलो संगै केही पुण्य कमाऔ!!भन्ने मूल नाराका साथ गत छुसक २०१३ सेप्टेम्बर १९ तारिखमा सम्पन्न “आँधीखोला सांगीतिक सौगात भाग-४”कार्यक्रमबाट आएको मुनाफाले सो एम्बुलेन्स किनिएको हो।

नेपाल सरकार बाट १९९%भन्सार कर छुट भएको र १%भन्सार कर सहित एम्बुलेन्सको मूल्य १०,७४,००० ने.रु.परेको थियो। सो हस्तान्तरण कार्यक्रम सभासद तथा नेपाली कांग्रेसका बरिष्ठ नेता गोपालमान श्रेष्ठ,एम्बुलेन्स संयोजक नरेश के.सी.,सह संयोजक छ्याम थापा मगर लगायत अन्य सभासद, बुद्दिजीबी,कर्मचारी कोरियाबाट नेपाल फर्केका बिदामा नेपाल गएका स्याङजाली समुदायको बाक्लो उपस्थितिमा सम्पन्न भएको कुरा परिवारका भलिबल टिम क्याप्टेन अमित राना मगरले जानकारी दिनुभएको छ।उपस्थित बक्ताहरुले प्रदेशी भूमिमा रहेर पनि स्याङजा परिवारले उदाहरणीय काम गरेको,सधैँ यस्तै प्रशंसनीय काम गरेर जिल्लाको नाम चिनाउन लागि पर्नु भएकोमा हार्दिक बधाई तथा शुभकामना दिनुभएको थियो।त्यस्तै परिवारका अन्तरिम अध्यक्ष मिलन राना मगरले ढिलै भए पनि स्याङजा बासी सम्पूर्ण समुदायलाई सेवा पुग्ने गरी एम्बुलेन्स प्रदान गर्न पाउदा आफुहरु निकै खुशी रहेको,भौतिक ज्यान कोरिया मै रहे पनि मन ध्यान स्याङजा सेरोफेरोमा रहेको शुभकामना सन्देश पठाउनुभएको थियो।साथै एम्बुलेन्स किन्न रकम जुटाउन प्रत्यक्ष अप्रत्यक्ष रुपले सहयोग गर्नुहुने सबैलाई धन्यबाद दिदै एम्बुलेन्सको सही सदुपयोग गर्न पनि सन्देश मार्फत आग्रह गर्नुभएको थियो।

त्यसै गरी गत अगस्त १७ तारिकमा बसेको परिवारको नवौ साधारण सभाको बन्द सत्र बाँकी नै रहेकोले आउदो छुसकको दोस्रो दिन सेप्टेम्बर ८ तारिकमा बन्द सत्र गरिने अन्तरिम अध्यक्ष रानाले बताउनुभएको छ।स्याङजा मेरो टिम (एस.एम.टी.) र स्याङजा परिवार बिच एकता भइ नयाँ कार्य समिति गठन गरिने भएकोले सम्पूर्ण स्याङजालीहरुलाइ उपस्थितिको लागि परिवारका अन्तरिम सचिब दिपेन्द्र अधिकारीले हार्दिक अनुरोध गर्नुभएको छ।त्यसै गरी एस.एम.टी.द्वारा आयोजित स्याङजा र स्याङजाली बिचको एकताको सन्देश बोकेको “स्याङजा कप भलिबल”प्रतियोगितालाइ आ-आफ्नो ठाउँ बाट सहयोग गरी भब्यताका साथ सफल पारि दिनु हुन खेलकुद संयोजक धर्म गुरुङले हार्दिक अपिल गर्नुभएको छ।

बन्द सत्र हुने समय स्थान
मिति-२०१४ सेप्टेम्बर ८ तारिख छुसकको दोस्रो दिन
समय-बिहान ठिक १० बजे
स्थान-नेपाल हाउस वन्नम सागरी सउल
सम्पर्क नं: मिलन राना ०१०३२७९२०३३
हिमानी गुरूड०१०४९६४२३४७
दिपेन्द्र अधिकारी ०१०४६२९९५६३





Comments

comments

1087