कोलोराडोमा २१५१ औं ग्यल्पो लोसार भब्यताकासाथ सम्पन्न

नातिबाबु भट्ट / एचकेनेपाल डट कम –

कोलोराडो, अमेरीका। कोलोराडो निवासी शेर्पा समुदायले शनिबार २१५१ औं ग्यल्पो लोसार भब्यताका साथ मनाएका छन्।

कोलोराडो निवासी शेर्पा समुदायको साझा संस्था शेर्पा नाङपी छोग्पा कोलोराडोको अयोजनामा २१५१ औं ग्यल्पो लोसार मनाइएको हो।

यहांस्थित वोल्डर शहरमा कोलोराडोको विभिन्न शहरवाट शेर्पा परिवारका सदस्यहरु उपस्थित भई भव्यताकासाथ सिब्रु नाच्दै मनोरञ्जनका साथ लोसार सम्पन्न भएको शेर्पा नाङपी छोक्पा कोलोराडोका सचिव निमा शेर्पाले बताए।

समारोहमा लामागुरू, संस्थालाई सहयोग गर्ने बिभिन्न दाता, कोलोराडोमा सक्रिय नेपाली संघ संस्थाका पदाधिकारी, कलाकार, व्यवसायी ,पत्रकार गन्यमान्य तथा शेर्पा समुदायका सदस्यहरूको बाक्लो उपस्थिति रहेको थियो।

लोसार कार्यक्रम विहान ११ बजे लामा गुरुवाट धार्मिक पूजा गरी शुरुवात भएको थियो । गुम्वा ब्यावस्थापन समितिका पूर्वअध्यक्ष लामागुरू डा. युला शेर्पाको प्रमुख आतित्थ्यमा सम्पन्न अपरान्हको कार्यक्रम नेपाल र अमेरीकाको राष्ट्रिय गान बजाएर सुरू गरिएको थियो।

शेर्पा नाङपी छोग्पाका सचिव निमा शेर्पाले स्वागत मन्तव्य राख्दै संस्थाको उद्देश्य, सम्पन्न कार्य विवरण, भावी योजना प्रष्ट्याउदै निकट भविष्यमा सबै शेर्पाहरूलाई एकै ठाउंमा ल्याउने प्रतिबद्धता जनाएका थिए।

शेर्पा नाङपी छोग्पाका अध्यक्ष ङवाङ वङछु शेर्पाको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि डा. युला शेर्पाले बौद्ध ज्ञान सम्बन्धि मन्तब्य र कार्यक्रमका सभापति ङवाङ वङछु शेर्पाले कार्यक्रममा उपस्थित सबै पाहुनाहरूलाई धन्यवाद दिदै शेर्पाहरूको सांस्कृतिक पर्व लोसार भब्यताकासाथ सम्पन्न पार्न सहयोग गर्ने सबैप्रति आभार ब्यक्त गरेका थिए।

कार्यक्रममा संस्थालाई बिभिन्न माध्यमबाट सहयोग पुर्याउने दाताहरूलाई खादा पहिराइ प्रशंसापत्र प्रदान गरी सम्मान गरिएको थियो।

बेलुकाको कार्यक्रममा संस्थाको निमन्त्रणामा नेपालबाट आएका चर्चित गायक मिङमा शेर्पाको सुमधुर गायनमा सबै पाउनाहरू नाचेर भरपूर मनोरञ्जन लिएका थिए।

गायक मिङमाको प्रस्तुतीपछि गायक विजय अधिकारीको डिजेमा नाचगान गरी राति १० बजे कार्यक्रम हर्सोउल्लासका साथ सम्पन्न भएको थियो। संस्थाका सचिब निमा शेर्पा र निमाजाङमु शेर्पाले कार्यक्रम संचालन गरेका थिए।





Comments

comments

107690