गठबन्धनमा तिक्तता : मन्त्रिपरिषद् बैठकमै मन्त्री र प्रधानमन्त्रीबिच भनाभन

काठमाडौँ । सत्तारूढ दलहरूबिच बढ्दै गएको तिक्तता मन्त्रिपरिषद् बैठकमै देखिन थालेको छ। प्रधानमन्त्री र अर्थमन्त्री, रक्षामन्त्री र गृहमन्त्री तथा गृहमन्त्री र अर्थमन्त्रीबिच मन्त्रिपरिषद् बैठकमै विवाद हुन थालेको हो।

गत मंसिरमा प्रधानमन्त्री पुष्पकमल दाहालले अर्थ मन्त्रालयको कार्य प्रगतिमा प्रश्न उठाउँदै सचिवहरूकै अगाडि मन्त्री फेर्ने बताएपछि अर्थमन्त्री डा. प्रकाशशरण महतले सो विषयमा मन्त्रिपरिषद् बैठकमै असन्तुष्टि जनाए।

उनले त्यतिबेला मन्त्रीहरूको कामकारबाहीप्रति प्रधानमन्त्री पनि जिम्मेवार हुनुपर्ने बताएका थिए । महतले मन्त्रिपरिषद्को समग्र नेतृत्व प्रधानमन्त्रीले गर्ने भएकाले सबै मन्त्रीको कार्यप्रगतिमा प्रधानमन्त्री कार्यालय र प्रधानमन्त्रीका सल्लाहकारहरू जस अपजसको भागीदार हुनुपर्नेमा जोड दिएका थिए। कार्यप्रगतिमा मन्त्रीको कमजोरी भए त्यसमा प्रधानमन्त्रीको हिस्सा कति भनेर पनि उनले प्रश्न उठाएका थिए।

गृहमन्त्री र अर्थमन्त्रीबिच पनि विवाद भइसकेको छ। गृहमन्त्रीले अर्थ मन्त्रालयको कार्यक्षेत्रमा हस्तक्षेप गरेको भन्दै सो विवाद भएको थियो। त्यसपछि पुसमा पनि प्रधानमन्त्री दाहालसँग अर्थमन्त्री डा. महतको भनाभन भएको थियो। आजको नागरिक दैनिकमा समाचार छ।





Comments

comments

107816