Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

एनआरएन भवन निर्माणको लागि डिसीमा ७० लाख संकलन

विजय थापा / एचकेनेपाल डट कम –
भाद्र ७ ,भर्जिनिया। भाषण गर्दा गर्दा म थाकेको छु र मलाई भाषण गर्न आउदैन भन्दै अमेरिकाको भ्रमणमा रहेका गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले डिसी महानगर क्षेत्रमा राखेको अभिव्यक्तिसंगै नेपालमा एनआरएन भवन निर्माण हेतु एक रात्रि भोजमा डिसीबासीले ७० हजार डलर (करीब ७० लाख नेपाली रूपैयाँ) संकलन गरी अमेरिकाका बिभिन्न राज्यहरुमा उठाइएको चन्दा संकलन भन्दा ज्यादा संकलन गर्दै ऐतिहासिक सफलता प्राप्त गरेको छ।

डिसीमहानगर क्षेत्रबाट संकलित उक्त रुपैया ७० हजार डलर बन्न पुगेको र डिसीबासीहरुले स्वतस्फूर्त रुपमा देखाएको चमत्कारप्रति हर्षित हुदै धन्यबाद दिएका थिए। अधक्ष्य घलेले म हिड्दा हिडदा निक्कै भावुक भएको छु भन्दै आफूले रचेको महत्वपूर्ण संदेश सुनाएका थिए। आफूले जिम्मा लिएको अभिभाराप्रति म कर्तब्यनिष्ठा छु भन्दै म सेवाको लागि २४ सै घण्टा तयार रहेको बताउदै सबैबाट नैतिक समर्थन आफूले अपेक्षा गरेको बताए। अध्यक्ष घलेले भवन वास्तुशास्त्र अनुसार बनाईने बताए।

महाबाणिज्यदुत प्रेम राजा महतले एनआरएनका अध्यक्ष शेष घलेलाई आफ्नो बाल्टिमोर निवासमा गरेको निमन्त्रणा तथा समुदाय सदस्यहरुको भेटघाटमा सहभागी भएका बाल्टिमोरका प्रेम कुमार श्रेष्ठले डिसी महानगर क्षेत्रबाट ५० हजार उठाउनु पर्ने भन्दै यदि त्यति रकम उठाउन सकिएन भने त्यो ५० हजार एक सय बनाउने मेरो जिम्मेबारी हो भनि प्रतिबद्धता जाहेर गरेका थिए।

उनको त्यो प्रतिज्ञा र प्रतिबद्धता अनुसार डिसी महानगर क्षेत्रबाट सबै भन्दा बढी चन्दा एनआरएन भवन निर्माणलाई दिदै कुल डिसी महानगर क्षेत्रबाट ७० लाख लगभग नेपाली रूपैयाँ हुन पुगेको छ।

महाबाणिज्यदूत प्रेमराजा महतले प्रेम कुमार श्रेष्ठलाई बिशेष धन्यबाद दिएका थिए भने अमेरिकाका लागि कार्यबाहक राजदूत ऋषिराम घिमिरे एनआरएनको एक पटकको नेपाली सधैको लागि नेपाली भन्ने नारा असल लागेको उल्लेख गर्दै अध्यक्षले लिएको अभियानको सराहना गर्दै शुभ कामना दिएका थिए।

गैरआवसीय नेपाली सघ अन्तर्राष्ट्रिय समन्वय परिषद अमेरिकाका लागि सल्लाहकार रामचन्द्र खरेलले शेष घलेको परिचय दिएका थिए भने एनआरएन अमेरिकाका महासचिब कृष्ण पोखरेलले एनआरएन अभियानबारे जानकारी दिदै तथा नेपाली बन्न पाउने अधिकारलाई आवाज पुर्याउने बारेमा कुरा राखेका थिए। वरिष्ठ उपाध्यक्ष लोकनाथ तिवारीले मैले नगरे कसले गर्ने,अहिले नगरे कहिले गर्ने भन्दै आफ्नो भवन निर्माण हेतु सहयोग गर्नु पर्ने कुरामा जोड दिएका थिए।





Comments

comments

1084