प्रेस विज्ञप्ति
यूके नेपाली च्याप्टर गठन
काठमाडौँ, ८ भाद्र
बेलायत र नेपालका नेपाली साहित्यकारहरूका बीच समन्वय र सम्र्पक स्थापित गरी साहित्यलाई विस्तार गर्ने उद्येश्यले साहित्यको प्रयोजनका लागि स्थापित ‘नेपाली साहित्य विकास परिषद् यूके नेपाल च्याप्टर’को प्रथम भेला काठमाण्डौँ नयाँ बानेश्वरमा आयोजना भयो।
नेपाली साहित्य विकास परिषद् यूकेबाट संस्थापक सुरेशजङ्ग शाह र पूर्व–अध्यक्ष हरिसिँह थापालगायत नेपालका प्रतिष्ठित विद्वान् तथा साहित्यकारहरूको यो भेलाले ‘नेपाली साहित्य विकास परिषद् यूके नेपाल च्याप्टर’समानान्तर तदर्थ कार्य समिति गठन गर्यो। नवगठित यो संस्थाको कार्यसमिति निम्नानुसार रहेको छ।
सल्लाहकार :
प्रा. डा. गोविन्द भट्टराई   
प्रा. डा. ज्ञानु पाण्डे 
डा. तुलसी भट्टराई 
डा. देवी सुवेदी
डा. विष्णुविभु घिमिरे 
गोपाल पराजुली 
ध्रुव सापकोटा 
कार्यकारी समिति :
इल्या भट्टराई –(अध्यक्ष)
गोविन्द प्र. श्रेष्ठ –(उपाध्यक्ष)
हरिशरण लामिछाने –(महासचिव)
वसन्त चौधरी  – (कोषाध्यक्ष)
सन्ध्या पहाडी –(सचिव)
डा. लक्ष्मण गौतम –(सदस्य) 
डा. नारायण चालिसे –(सदस्य) 
जयदेव भट्टराई –(सदस्य) 
व्याकुल पाठक –(सदस्य) 
मुक्ति घिमिरे –(सदस्य) 
ललिता दोषी –(सदस्य) 
राजेशजङ्ग शाह – (कार्यालय सचिव)
अ. कृष्णप्रसाद अर्याल –(कानुनी सचिव)


