Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

नेपाली ढाकाकपडामा मिस इन्डिया (फोटो फिचरसहित)

सौरभ श्रेष्ठ / एचकेनेपाल डट कम-
काठमाडौं, हालै इन्डोनेसियाको सुराबायामा सम्पन्न एशियन फेशन वीक २०१४ मा नेपाली फेशन डिजाइनर मदन पौडेलले डिजाइन गरेका नेपाली ढाकाकपडाबाट तयार गरिएको पहिरनमा मिस इन्डिया २०१३ रूहानी शर्मा र्याम्पमा उत्रिइन्।

नेपाली फेशन डिजाइनरलाई विदेशमा पनि चिनाउने उद्देश्यले नेपाल फेशन महासंघ र नेपाल फेशन डिजाइनर संघको संयुक्त पहलमा एशियन फेशन वीक २०१४ मा नेपाली फेशन डिजाइनर सहभागी भएका हुन्। फेशन सप्ताहमा क्याजुअल ड्रेस १० वटा, कल्चरल ड्रस ५ वटा , इको फ्रेंडली ५ वटा, मास्टर पीस एउटा, एभन्ट गार्ड एउटा र हब्ट कटयर एउटा प्रदर्शन गरिएको थियो।

स्थानीय मोडेलहरुले ति पहिरनहरु लगाएर र्याम्प नापेका थिए। फेशन वीकमा नेपाल साथै एसियाका ५८ देशहरुको सहभागिता रहेको थियो। नेपाली इतिहासमै पहिलो पल्ट अन्तर्राष्ट्रिय स्तरको कार्यक्रममा सहभागिता जनाईएको र आगामी वर्षदेखि ५ जना नेपाली फेशन डिज़ाइनरहरुलाई एशियन फेशन वीकमा सहभागिता जनाउने अवसर उपलब्ध गराउनुका साथै एशियन फेशन वीकलै नेपालमा आयोजनाको लागि समेत पहल थालिएको नेपाल फेशन महासंघका अध्यक्ष नबिन लुइँटेलले बताए।

 

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

1097