Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

विप्लवका कान्छा छोरा र भतिजीलाई विष

काठमाडौं : नेकपा-माओवादीका सचिव नेत्रविक्रम चन्द ‘ विप्लव’का कान्छा छोरा नरेन्द्र र उनकी भतिजी मञ्जु शनिबार बेलुका विष सेवन गरेको अवस्थामा फेला परेका छन्।

१७ वर्षीय नरेन्द्र र विप्लवका दाजु जयन्द्रबहादुरकी १६ वर्षीया मञ्जु राजधानीको चाबहिल मैजुबहालस्थित चार तलामाथि रहेको डेरामा विष सेवन गरेको अवस्थामा फेला परेका हुन्।

दुवैजनाको ओम अस्पतालमा आईसीयूमा उपचार भइरहेको छ। दुवैजनाको राति अबेर होस खुलेको उपचारमा संलग्न चिकित्सकले बताएका छन्। उनीहरूलाई आफन्तले अस्पताल पुर्‍याएको आजको अन्नपूर्णपोष्टमा समाचार छ।

तीनजनाको समूहमा मास्क लगाएर आएका अपरिचित व्यक्तिहरूले डेरामा पसी जबरजस्ती विष खुवाएर भागेको दाबी विप्लवको पारिवारिक स्रोतले गरेको छ। घटनास्थलमा पुगेका प्रहरीले भने उनीहरूको डेरामा सुसाइड नोट फेला पारेको छ।

नोटमा उनीहरूले आफूहरूको चाहनाले नै विष सेवन गरेको उल्लेख गरेको प्रहरीले जनायो। प्रहरीका अनुसार सुसाइड नोटको हस्ताक्षर मञ्जुको हस्ताक्षरसँग मिल्दो रहेको छ। अपराध अनुसन्धान महाशाखाका एसएसपी पुष्कर कार्कीले घटनाबारे सबै कोणबाट अनुसन्धान सुरु गरिएको बताए।





Comments

comments

1091