पत्रकार महासंघ बेलायतको बरिष्ठ उपाध्यक्षमा धर्मराज अधिकारीबाट उम्मेद्वारी घोषणा

रोशन मेवाहाङ / एचकेनेपाल डट कम-
लण्डन २४ माघ । नेपाल पत्रकार महासंघ बेलायत शाखाको आसन्न अधिबेशनमा उपाध्यक्ष पदमा पत्रकार धर्मराज अधिकारीले उम्मेद्वारी दिने घोषणा गरेका छन्।

पत्रकार धर्मराज अधिकारी

सन् २००९ बाट बेलायतमा पत्रकारिता गर्दै आएका पत्रकार अधिकारीले आफनो सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्नो उम्मेदवारी घोषणा गरेका हुन्।

बेलायतबाट सञ्चालित नेपाली टेलिभिजन, साप्तहिक पत्रिका “नेपाली पत्र” र अनलाइन पत्रिका नेपालब्रिटेन डटकममा अधिकारीले लामो समयदेखि पत्रकारिता मार्फत बेलायतको नेपाली समाजलाई सुसूचित गर्दै आइरहेका छन्।

नेपाल पत्रकार महासंघ बेलायतको स्थापना कालदेखिनै अधिकारी कार्यसमितिमा सचिव बनेका थिए। अधिकारीले फेसबुक मार्फत बेलायतबासी अग्रज पत्रकार मित्रहरुलाई सहयोगको अपेक्षा राखेका छन् । नेपाल पत्रकार महासंघ बेलायत शाखाको आसन्न निर्वाचन नजिक आइसकेको साथै संस्थाको गरिमा र महत्वलाई उच्च स्थानमा राख्दै आगामी नेतृत्व चयन गर्न अधिकारीले अपिल गरेका छन्।

बेलायतको व्यस्त दैनिकीलाई पनि थांती राखेर पत्रकारिता क्षेत्रलाई फराकिलो बनाउन चाल्नुभएको कदमप्रति सम्मान व्यक्त गरेका छन् । नेपाल पत्रकार महासंघ बेलायत शाखाको स्थापना कालदेखि नै उनले संस्थाको विभिन्न जिम्मेवारी मन, बचन र कर्मले निर्वाह गर्दै आइरहेको कारण आगामी दिनमा पनि यसरीनै संस्थाको गरिमालाई उच्च बनाउन लागिपर्ने बचन दिएको बताए।

धर्मराजले संस्थामा एक कार्यकाल सचिव र अहिले उपाध्यक्षको पदमा रहि काम गरिरहेको अनुभवको आधारमा नेपाल पत्रकार महासंघ बेलायत शाखाको यही मार्च ६ तारिख आइतबारका दिन सम्पन्न हुन गइरहेको तेश्रो अधिवेसनमा बरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेका हुन्।

बेलायतमा रहेका विभिन्न सामाजिक संस्थाहरुसंग हातेमालो गर्न, पेशागत संस्थाहरुबीचमा सञ्चाल विस्तार गर्न, पेशाकर्मीहरुको हक, अधिकारको संरक्षण गर्न र पत्रकारहरुलाई आइपरेको अवस्थामा सहयोग गर्न सक्ने सबल शाखा निर्माणमा आफूलाई समर्पित गर्ने प्रतिवद्वता जाहेर गरेका छन्।





Comments

comments

Leave a Reply

10945