Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

गायक राजेशपायल राई सांगीतिक कार्यक्रमको लागि बेलायत आउँदै

एचकनेपाल डट कम संवाददाता –
लण्डन २३ माघ । नेपाली संगीत क्षेत्रमा लामो समय एक छ्त्र राज गरिरहेका गायक ‘राई इज किङ् ‘ राजेशपायल राई सांगीतिक कार्यक्रमको लागि बेलायत आउने भएका छन्।

” राजेशपायल राई युके टुर” नाम दिइएको कार्यक्रममा नेपाली संगीत क्षेत्रमा आधुनिक तथा पार्श्व गायनका चर्चित र व्यस्त गायक राजेशपायल राईको बिशेष प्रस्तुति रहने छ भने बेलायतमा रहेका स्थानीय नेपाली प्रतिभाहरुको समेत प्रस्तुति रहने कार्यक्रमका आयोजक गंगाराज राई र बिसि राईले बताएका छन्।

“मिनी वर्ल्ड टुर” नामक सांगीतिक यात्रा लिएर हिडेका गायक राजेशपायल राईले आफ्नो यात्रा बिश्वका बिभिन्न देशमा कार्यक्रम गर्ने क्रममा चर्चित पर्यटकीय देशको रुपमा परिचित साइप्रसमा आगामी फेब्रुवरी १४ तारिख “प्रेम दिवस”को दिन सांगीतिक कार्यक्रम सकेलगतै लण्डन आउदै छन्।

देश बिदेशका कन्सर्टहरुमा अत्यधिक व्यस्त राजेश पायल २०१२ पछि बेलायत आउन लागेका हुन्। आयोजक गायक गंगाराज राई र बिसि राईको आयोजनामा बेलायतका बिभिन्न शहरहरुमा हुन लागेको सांगीतिक कार्यक्रमलाई बिशेष बनाउन आयोजकहरु लागिपरिरहेका छन्।

गायक राईका सयौ लोकप्रिय गीतहरु छन् । जस मध्य पछिल्लो समयमा लाखौ श्रोताहरुले रुचाएका नेपाली फ़िल्मी “नाई नभन्नु ल”को शीर्षक गीत “तिमीसंगै जिउने मर्ने चाहना छ मेरो……फेरी फेरी फेरी नाई नभन्नु ल , सिरै फूल शिरबन्दी , सर सर माया वर वर , दर्शन नमस्ते, भेटैमा भयो सोल्टिनीज्यू, ” लगायतका सयौ गीतहरु लोकप्रिय बनिरहेका छन्।

फेब्रुअरीको २१ तारिख फार्न्बोरो ओक फार्म कम्युनिटी स्कुलको हलबाट सुभारम्भ हुने कार्यक्रम फेब्रुअरी २७ तारिख आस्फोर्ड केन्टको नोर्थ स्कुलको हल र मार्च ५ तारिख रिडिङ्गको वायर हाउस स्पोर्ट हलमा अन्तिम प्रस्तुति रहने आयोजकले जनाएको छ ।

बेलायतको कार्यक्रम सकेपछि गायक राई प्रस्तुतिको लागि हङकङ जादैछन्।





Comments

comments

Leave a Reply

10930