Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

लस एन्जेलसमा तीजको लहर

एचकेनेपाल डट कम संवाददाता-
लस एन्जेलस, श्याम तथा गीता जोशीको आतिथ्यमा उहाँहरुकै गृहमा तीजको दर खाने कार्यक्रम सबै लस एन्जेलसवासी नेपालीले आफ्आफ्नो चूलोको स्वादिला परिकार पोटलक गरी जम्मा भई भव्यताका साथ मनाए।

तीजका रमाइला लोक संस्कृति झल्काउने गीतहरूमा नेपाली छोरी,चेली तथा नारीहरूको अत्यन्तै आकर्षक नृत्य प्रस्तुत गरेका थिए। रातो भेषभूषा तथा झकमक्क गहनामा सुसज्जित भएर आनन्दविभोर भई मनाएको उक्त तीजको दर खाने लस एन्जेलसको रमाइलो भेलाले नेपालमै तीज मनाए झैँ सबै नेपालीले आभास पाईरहेका थिए। उक्त अवसरमा चेलीहरूका साथै लस एन्जेलस वरिपरिका सम्पूर्ण नेपालीको जमघटले तीज एकदमै रमझमका साथ मनाइए। नारीहरूको अनुरोधमा पुरूषहरुले पनि समूह नृत्य खुबै आकर्षक ढंगले प्रस्तुत गरेर सबैजनालाई मोहित बनाएका थिए।





Comments

comments

1100