Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

होचा खगेन्द्र अस्पताल भर्ना

दिननाथ बराल / एचकेनेपाल डट कम –
पोखरा २७, माघ। गिनिज बुक अफ दी वर्ल्डमा ८ महिना आफनो नाम लेखाउन सफल भएका हाल नेपालका होचा मान्छेको रुपमा पहिचान बनाएका खगेन्द्र थापा मगरको स्वास्थ्यमा समस्या देखिएपछि उनको उपचारको लागि अस्पतालमा भर्ना गरिएको छ।

आज विहान ४ बजेदेखि खगेन्द्रले वान्ता गरी पखला चल्न थालेपछि उनको हाल पोखरा नागढुंगास्थित फेवासिटि हस्पिटलमा भर्ना गरी उपचार भइ रहेको खगेन्द्र थापा मगर प्रतिष्ठान नेपालका अध्यक्ष मिनबहादुर रानाले बताए । खगेन्द्रको उपचारमा संलग्न डाक्टर होमप्रसाद न्यौपानेले खगेन्द्रलाई हाल निमोनिया र झाडापखला लागेको बताए। उनले भने “ खगेन्द्रको स्वास्थ्य अबस्था केही समस्या भएकोले ३/४ दिन हस्पिटलमै भर्ना गर्नुपर्छ । ” खगेन्द्रलाई ईन्फेक्सन देखिएकोले चिकित्सकको निघरानीमा राख्नु पर्ने भएकोले पनि केही दिन हस्पिटलमा राख्नु परेको डा. न्यौपानेले जनाए।

संक्रमण ईन्फेक्सन न्युनतम ४ हजार देखि १० हजारसम्म हुनु पर्नेमा उनको स्वास्थ्य रिपोर्टको आधारमा हाल २३ हजार १ सय संक्रमण ईन्फेक्सन देखिएको डा.प्रविन श्रेष्ठले बताए । खगेन्द्रको शरीरमा पानीको मात्रा समेत कम भएको कारणले गर्दा वान्ता र पखला चलेको हुन सक्ने उनले बताए । खगेन्द्रलाई हाल सलानपानी चढाईएको छ। हस्पिटलमा उपचार गराउन थाले पछि खगेन्द्रको स्वास्थ्यमा क्रमिक सुधार हुदै आएको अस्पताल श्रोतले जनाएको छ। बिहान ४ बजे देखि निरन्तर वान्ता र झाडापखला भएकोले खगेन्द्रको उपचारको लागि हस्पिटलमा ल्याएको उनका बाबु रुप बहादुर थापा मगरले बताए।

यस अघिदेखि निरन्तर रुपमा फेवासिटि हस्पिटल एवं डा. होमप्रसाद न्यौपानेले खगेन्द्रको स्वास्थ्य परिक्षाणमा निशुल्कः रुपमा परिक्षण गराउदै आएका छन । २०६३ सालमा बागलुङको धुल्लुवासकोटबाट पोखराका मिनबहादुर रानाको पहलमा पोखरा आएका खगेन्द्र परिवार हाल पोखराको सृजनाचोक क्षेत्रमा भाडामा बस्दै आएका छन्।





Comments

comments

Leave a Reply

11020