Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

होटलमा संगै बसेका पुरुषको हत्या अभियोगमा युवती पक्राउ

झापाको कनकाई नगरपालिका–३ निवासी ५० वर्षीय मनोरथ पाठकको हत्या आरोपमा प्रहरीले एक किशोरीलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सोही ठाउँ निवासी १९ वर्षीया प्रमिला विक रहेकी छन्। इलाका प्रहरी कार्यालय अनारमनी प्रहरीनायब उपरीक्षक खड्गबहादुर खत्रीकाअनुसार विकलाई भद्रपुरबाट दुई दिनअघि पक्राउ गरिएको हो।

ती किशोरीलाई प्रहरीले विहीबार जिल्ला अदालत झापामा कर्त्व्य ज्यान मुद्दामा म्याद थप गरेपछि मात्र सार्वजनिक गरेको हो।

गत माघ १७ गते झापाको बिर्तामोडमा रहेको बीएन्डवाई होटलमा पाठक मृत भेटिएका थिए। माघ ११ गतेदेखि उक्त होटलमा विकसँगै बस्दै आएका पाठक मृत अवस्थामा फेलापर्नु र युवती फरार रहनुले घटना रहस्यमय भएको प्रहरी नायब उपरीक्षक खत्रीले बताए।

विकले नै पाठकको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको खत्रीको भनाइ छ। रासस





Comments

comments

Leave a Reply

11031