नेपाली चेली पासाङ्ग ल्हामुलाई कोलोराडोमा सम्मान

नातिबाबु भट्ट / एचकेनेपाल डट कम –
फ्रेबुअरी १३ , कोलोराडो। नेशनल ज्योग्राफीले प्रदान गर्ने “पिपुल्स च्वाईस एडभेन्चरर अफ द एयर २०१६” जित्न सफल साहसिक पर्वतारोही तथा समाजसेवी पासाङ्गल्हामु शेर्पा अकितालाई कोलोराडोमा सम्मान गरिएको छ।

शेर्पाको साहसिक क्रियाकलापले नेपाल र नेपालीको शिर विश्वमा उच्च राख्न सफल भएको भन्दै कोलोराडोमा सकृय नेपालीहरुको साझा संस्था नेपालीघरको आयोजनामा शनिबारका एक समारोहका बिच सम्मान गरिएको हो।

डेन्भरस्थित याक एण्ड यती रेष्टुरेन्टमा हालै दिबंगत भएका पूर्व प्रधानमन्त्री तथा नेपाली काग्रेसका सभापति सुशील कोईरालाको संझनामा एक मिनेट मौनधारणपछि सुरु भएको कार्यक्रकमा कोलोराडोमा सकृय संघ संस्थाका प्रतिनिधी, बुिद्धजीवी, व्यवसायी, कलाकार, पत्रकार, समाजसेवी, गन्यमान्य, नेपाली घरका पदाधिकारी तथा सर्ब साधारणको बाक्लो उपस्थिती रहेको थियो।

नेपाली घरका अध्यक्ष योगराज गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका महासचिव तथा कार्यक्रम सञ्चालक लक्ष्यमण रानाले उपस्थित सबैलाई आफ्नो परिचयको साथै शुभकामना तथा बधाई दिने मौका प्रदान गरेका थिए । वक्ताहरु सबैले पासाङ्गका क्रियाकलापले नेपाल र नेपालीको शिर विश्वमा उच्च राख्न सफल भएको, आज नेपालीको छाती गर्वले फुलेको भन्दै, आगामी दिनमा उनको उत्तरोत्तर प्रगतीको कामना गरेका थिए।

शुभकामना मन्तव्यपछि पासाङ्गलाई सम्पूर्ण कोलोराडो बासीका तर्फबाट नेपाली घरका अध्यक्ष योगराज गौतमले खादा पहिराई संस्थाको मानार्थ सदस्यता प्रदान गरेर सम्मान सुरु गरेका थिए। त्यस पछि उनलाई त्यहाँ उपस्थित संघ संस्थाका प्रतिनिधि, बुिद्धजीवी, व्यवसायी, कलाकार, पत्रकार, समाजसेवी, गन्यमान्य, नेपाली घरका पदाधिकारी तथा सर्ब साधारण सबैले खादा लगाई दिई सम्मान गरेका थिए।

पन्ध्र बर्षको कलिलो उमेरमा बाबु आमा गुमाएकी सोलखुम्बु निवासी ३१ बर्षिया पासाङ्गले १९ बर्षको उमेर देखिनै पर्वतारोहण सुरु गरेकी थिईन् । सगरमाथा, केटु हिमालको सफलताका साथ आरोहण गरिसकेकी उनी नेपालको पहिलो महिला पर्वतारोही प्रशिक्षक समेत हुन्। पर्वतारोहणसंगै समाज सेवामा पनि त्यत्तिकै सकृय पासाङ्गले नेपालमा हालै गएको भूकम्पबाटपीडितलाई ११ हजार भन्दा बढि कम्बललगायत बन्दो बस्तिका सामान बितरण गरि विश्वकै एक नमुना महिला बन्न सफल भएकी छन्।

कार्यक्रमको अन्त्यमा अध्यक्ष गौतमले नेपाली घरको निमन्त्रणलाई स्वीकार गरेर कार्यक्रममा उपस्थित भई संस्थाको कार्यक्रमलाई सफल बनाउन सहयोग गर्नुहुने पासाङ्गलगायत सबैलाई धन्यबाद दिएका थिए।

तस्वीरः नातिबाबु भट्ट / एचकेनेपाल डट कम, थप फोटोहरु यहाँ हेर्नुहोस्





Comments

comments

Leave a Reply

11022