हङकङमा दक्षिण एसियाली समूहद्वारा एक पसलमा तोडफोड, तीन जना पक्राउ! लुटपाटको आशंकामा एक जना नेपाली पक्राउ…

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, १७ मार्च। ३० जना भन्दा बढी संख्याको दक्षिण एसियाली समूहले मोङ कोकस्थित एक जुवा खेल्ने पसलमा तोडफोड गरेका छन्। प्रहरीले आपराधिक क्षतिको आरोपमा तीन जनालाई पक्राउ गरेको छ।

स्थानीय एक मिडियाले लेखेको छ – दक्षिण एसियाली एक अपराधी समूहले हङकङमा फेरि अर्को त्रासदी फैलाएको छ ! आइतवार बिहान २:१४ मा मास्क लगाएका ३० जना भन्दा बढी संख्याको दक्षिण एसियाली समूह र स्थानीय पुरुषहरूले २ आर साई येउङ चोइ स्ट्रीट साउथ, मोङ कोकमा रहेको एउटा भवनको चौथो तल्लामा पुगेर तोडफोड गरेका छन्।

तोडफोडपछि उनीहरू डुन्डास स्ट्रिटबाट याउ मा तेइ तर्फ भागेका थिए। केहीले घटनास्थल छोड्न मिनीबसमा चढेका भागेका थिए। प्रहरीले घटनामा संलग्न भएको शंकास्पद तीन जनालाई “आपराधिक क्षति” को आशंकामा पक्राउ गरिएको छ।

लागुऔषध तस्करी र लुटपाटको आशंकामा नेपालीसहित २० जना पक्राउ

त्यस्तै, केही दिनअघि प्रहरीले लागुऔषध तस्करी तथा लुटपाटको आशंकामा  एक जना नेपालीसहित २० जनालाई पक्राउ गरेको छ।

चिम शा चुईमा ६.८ मिलियन हङकङ डलर बराबरको गाँजा तस्करी एवं डकैतीको आशंकामा पश्चिम काउलुन क्षेत्रको कानून प्रवर्तन विभागले खतरनाक ड्रग्स विरुद्धको अभियान सुरु गरेको थियो।

उनीहरुले किम्बर्ली रोडमा रहेका ५ वटा होटलको कोठामा छापा मारेर २ पाकिस्तानी पुरुष र ५ पुरुष र ७ थाई महिलालाई पक्राउ गरेको थियो।

२२ देखि ५७ वर्ष उमेर बीचका मानिसहरूलाई “खतरनाक ड्रग्सको तस्करी” र “खतरनाक ड्रग्सको ट्राफिकमा षड्यन्त्र” गरेको आशंका गरिएको छ।

अधिकारीहरूले होटेलको एउटा कोठाबाट करिब ३० किलोग्राम संदिग्ध गाँजाका पोकाहरू बरामद गरेको थियो। जसको बजार मूल्य लगभग ६.८ मिलियन हङकङ डलर थियो।

साथै, प्रहरीले १७ देखि २४ वर्ष उमेरका ३ भारतीय, २ पाकिस्तानी र १ जना नेपाली पुरुष गरी कुल ६ जनालाई “डकैती” को आशंकामा पक्राउ गरेको छ।

तिनीहरूको शरीरबाट चक्कु तथा काठको लठ्ठी र फलामको रड बरामद गरेको थियो। पक्राउ परेका सबैलाई अनुसन्धानका लागि हिरासतमा राखिएको छ । स्रोतका अनुसार यो घटनामा “ब्ल्याक ग्याङ्स्टार्स” संलग्न भएको आशंका गरिएको छ।

उनीहरुले गाँजाको लागुऔषध थाई गिरोहलाई लुट्ने प्रयास गरेको थियो। थाई गाँजा समूहका साथ पक्राउ परेका दुई पाकिस्तानी पुरुषसँग हङकङको परिचयपत्र थियो र उनीहरु लागुऔषध ओसारपसारमा संलग्न थिए।





Comments

comments

110379