काठमाडौंबाट पक्राउ परेका माओवादी नेता खामलाई चितवन लगियो

फाइल

काठमाडौं, काठमाडौंबाट पक्राउ माओवादी केन्द्रका नेता कालीबहादुर खामलाई चितवन लगिएको छ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी खामलाई जिल्ला प्रहरी परिसर काठमाडौंको प्रहरी टोलीले मंगलबार साँझ पक्राउ गरेको थियो।

उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय चितवन पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।

विसं २०६५ वैशाख २८ गते राति ८ बजे खाममाथि काठमाडौं कोटेश्वर निवासी रामहरि श्रेष्ठलाई अपहरण गरी हत्या गरेको आरोप छ।

श्रेष्ठकी श्रीमती रमिला श्रेष्ठले अपहरण गरी हत्या गरेको भनी विसं २०६५ जेठ ३ गते जिल्ला प्रहरी कार्यालय चितवनमा दिएको किटानी जाहेरी दिएका आधारमा प्रहरीले खामको खोजी जारी राखेको थियो।





Comments

comments

111774